भर्जिनिया भेट्रान्स कप नोभेम्बर २५ तारिखमा
भर्जिनिया/ पहिलो पटक आयोजना हुन लागेको भर्जिनिया भेट्रान्स कप फुटबलमा नोभेम्बर २५ तारिखमा हुने भएको छ। गोर्खाली मिलनको आयोजनामा हुने प्रतियोगितामा १२ टिमले भाग लिने भएका छन्।
आयोजक मध्येका एक गणेश पाण्डेका अनुसार हाल सम्म दश टिमले दर्ता गरी सकेका छन्। नोभेम्बर १८ तारिख सम्म टिम दर्ता गर्न पाइने छ।
वुडब्रिजमा रहेको भर्जिनिया वेटरन्स पार्क हुने प्रतियोगितामा ३५ वर्ष भन्दा माथिका खेलाडीले खेल्ने छन्।
दोस्रो वार्षिक खासी कप र किड्स स्पोर्ट्स फेस्टिभलको सफलतापछि पहिलो पटक भर्जिनिया भेट्रान्स सुपर कप फुटबल हुन लागेको हो।
प्रतियोगिताको विजेताले तीन हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छन्। यस्तै उप विजेताले १५ सय पाउने छन्। हरेक विधामा उत्कृष्टलाई एक सय पचास दिइने आयोजकको भनाई छ।