एनआरएनए नेता टिबी कार्कीलगायत २२ जना काठमाडौंमा जुवा खालबाट पक्राउ
काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) का एक नेतासहित २२ जनालाई प्रहरी प्रभाग स्वयम्भूले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा स्थायी घर भएका एनआरएनए अभियन्ता टेक बहादुर कार्की(टिबी कार्की) पनि रहेको प्रहरी स्रोतले जनाएको छ।कार्की एनआरएनएका पूर्व उपाध्यक्ष,पूर्व सल्लाहकार एवं एघारौँ अधिवेशनको निर्वाचन समितिका सदस्य हुन्। उनीलगायतका व्यक्तिहरू स्वयम्भू क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन । हाल कार्कीलाई प्रहरी वृत्त स्वयम्भूको हिरासतमा राखिएको छ।
प्रहरी स्रोतका अनुसार कार्कीले केही नेता र प्रहरी हाकिमहरूको पावर लगाउँदै छुट्ने प्रयास गरिरहेका छन् । तर हल्लाखल्ला भएपछि प्रहरीले उनलाई छाड्न प्रहरीलाई अप्ठेरो परेको बताइएको छ।
अब अहिले पक्राऊ परेकाहरू तिहारभर प्रहरी हिरासतमा नै हुने देखिएको छ। प्रहरीले उनीहरूलाई जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाउने तयारी गरिरहेको छ।
एनआरएनएको ११ औँ महाधिवेशनमा निर्वाचनको नतिजा सार्वजनिक गर्ने क्रमम त्रुटी भए पछि विवाद भएको थियो। विवादकै बिच निर्वाचन समितिका सदस्यको नाताले कार्कीले नै डा. बद्री केसी समूहलाई शपथ दिलाए थिए। त्यस पछि उनी पनि विवादमा तानिएका थिए । कार्की सँगै एनआरएनए स्विजरल्यान्डका संस्थापक सञ्जय मुडवरी पनि पक्राऊ परेको जनाइएको छ।
यस्तै नागार्जुन नगरपालिकास्थित इचङ्गुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् ।