पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा आज प्रकाश सपुतको साङ्गीतिक प्रस्तुति, टिकट निःशुल्क

ल्यानक्यास्टर / वर्तमानमा नेपाली सङ्गीतका चर्चित गायक तथा कलाकार प्रकाश सपुतले आज आइतबार नोभेम्बर पाँच तारिख पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा आउँदै छन्।
ड्रीम सपोर्ट फाउन्डेसन अफ युएसएले आयोजना गर्न लागेको दसैँ तिहार धमाका साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन सपुत ल्यानक्यास्टर आउन लागेका हुन्।
फाउन्डेसनका संस्थापक प्रेम बरालका अनुसार ल्यानक्यास्टरको लिटिजमा रहेको अत्याधुनिक हलमा सपुतको कार्यक्रम हुने छ।
कार्यक्रम दिउँसो एक बजे देखि सुरु हुने छ। सपुतको प्रस्तुति अगाडि अर्की चर्चित गायिका प्रविशा अधिकारीको पनि प्रस्तुति रहने छ।
यस्तै स्थानीय कलाकारले पनि कार्यक्रममा मनोरञ्जन दिने छन्। कार्यक्रममा प्रवेश निःशुल्क राखिएको आयोजकको भनाई छ।
