पेन स्टेट ह्यारिसबर्ग र मिलर्सभिलका नेपाली विद्यार्थीले मनाए सामूहिक दसैँ तिहार
ल्यानक्यस्टर/ अमेरिकाको पेन्सिल्भेनिया स्थित मिलर्सभिल विश्वविद्यालय र पेन स्टेट ह्यारिसबर्ग अध्ययनरत नेपाली तथा नेपाली भाषी विद्यार्थीहरूको सामूहिक दसैँ तिहार मनाएका छन्।
नेपाली एसोसिएसन क्लब (एनएसी) को आयोजनामा दुई विश्व विद्यालयका नेपाली विद्यार्थीले दसैँ तिहार एकै ठाउँमा मनाएका हुन्।
माउन्टभिलमा रहेको ल्यानक्यास्टर डे केयरमा उनीहरूले पाँच घण्टा सम्म सामूहिक दसै तिहार मनाएका हुन् ।
कार्यक्रममा सहभागी अधिकांश नेपाली पोसाकमा उपस्थित थिए। उनीहरूले आफू भन्दा ज्येष्ठ सदस्यबाट टीका जमरा ग्रहण गरेका थिए। त्यस पछि राफल चिट्ठा खेल्ने, गीत गाउने कविता भन्ने तथा नृत्य समेत गरेका थिए।
अन्यमा रात्रि भोज सहित उनीहरूले कार्यक्रम समापन गरेका थिए। झन्डै पचास जनाका लागि रात्रीभोजको प्रायोजन ल्यानक्यास्टर डे केयरका सञ्चालक तथा स्थानीय समाजसेवी कमल काफ्ले र दधि काफ्लेले गरेका थिए।
एनएसीका अध्यक्ष भीम भट्टराई र उपाध्यक्ष मेलिनाा धिताल आकर्षक रूपमा कार्यक्रममा उद्घोषण गरेका थिए।
कार्यक्रममा दसैँ र तिहारको सांस्कृतिक महत्वको बारेमा पनि प्रकाश पारिएको थियो। कार्यक्रममा म प्रत्येक टेबलबाट कम्तीमा एक व्यक्तिलाई दसैँका बारेमा आफ्नै शब्दमा बताउन लगाइएको थियो। उनीहरूले दसैँ सँग जोडिएका सांस्कृतिक र परम्परागत चलनका बारेमा एक आपसमा जानकारी साटासाट गरेका थिए।
कार्यक्रमका थप तस्वीरहरु