भूकम्प प्रभावितको अवस्थावारे उपप्रधानमन्त्री खड्काले लिए जानकारी

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा परि घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेर नै घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
उक्त क्रममा उनले बिरामीहरू अवस्था बुझ्न र सम्पूर्ण अवस्थालाई नियन्त्रणमा राख्न सङ्घीय, स्थानीय र प्रदेश सरकारहरूसँग सहकार्यमा बिरामीहरूको प्रत्यक्ष निरीक्षण गरिरहेको बताएका छन् ।
उनले भने, ‘यहाँ बिरामीको निरीक्षण गर्दै चिकित्साकर्मीहरूसँग राजधानी पुर्याउनु पर्ने छ भने सेनाको हेलिकप्टर मार्फत पुर्याउने पनि व्यवस्था गरेको अनुरोध गरेका छौ । यस्तै, बिरामीहरूको लागि आवश्यक अस्पतालमा नभएको व्यवस्था गर्न पनि सरकार तयार छ । सम्पूर्ण अवस्थालाई नियन्त्रणमा राख्नको लागि बिरामीहरूको प्रत्यक्ष निरीक्षण गरिरहेका छौ । सङ्घीय, स्थानीय र प्रदेश सरकारहरूसँग सहकार्य गरेर हामी यो कामलाई अगाडि बढाई रहेका छौ ।’
यस्तै, उनले विमानस्थलमा बसेर बिरामीहरूलाई सहज रूपमा हवाई मार्ग मार्फत अस्पताल पुर्याउने काममा निरन्तर रूपमा लागि रहेको बताएका छन् ।
उनले भने, ‘विमानस्थलमा बसेर बिरामीहरूलाई सहज रूपमा हवाई मार्ग मार्फत भूकम्पले क्षति पुराएको स्थानबाट बिरामीहरूलाई उद्धार गर्ने, अस्पतालमा पुर्याउने, आवश्यक सामग्रीहरू पुराउने, विभिन्न खाद्यान्न सामानहरू, भाडाहरू पठाउने काम गरेका छौ । मन्त्रिपरिषद्को बैठकले राहतका कुराहरू भोली निर्णय गर्छ ।’