मेसीले जिते आठौँ पटक बेलेन डी ओर को उपाधि

पेन्सिल्भेनिया/ पेरिस मा भर्खरै सम्पन्न विश्व फुटबलको प्रसिद्ध पुरस्कार बेलेन डी ओर को उपाधि अर्जेन्टिना राष्ट्रिय कप्तान लियोनेल मेसीले कीर्तिमान आठौँ पटक जितेका छन् ।
गत वर्ष २०२२ को विश्वकप फुटबलमा अर्जेन्टिना विश्व विजेता बनाउन मेसीले प्रेरणादायी कप्तानी का साथ उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उदीयमान युवा खेलाडी द्वय एर्लिग हल्याण्ड (नर्वे) र केलियन अम्बाप्पे (फ्रान्स) लाई पछि पार्दै मेसीले यो उपाधि जितेका हुन् ।
सन् २००९ मा पहिलो पटक यो खिताब जिते यता मेसीको यो आठौँ पटक हो । जुन आफैमा एक विश्व कीर्तिमान हो । सन् २००९, २०१०, २०११, र २०१२ मा लगातार चार वर्ष बेलेन डी ओर उपाधिका विजेता बनेका मेसीले पुन २०१५, २०१९, २०२१, र २०२३ गरी सर्वाधिक आठौँ पटक यो उपाधि जितेका हुन ।
सबै भन्दा धेरै पटक यो उपाधि जितेका मेसी तीन फरक दशक २०००, २०१०, र २०२० मा बेलेन डी ओर जित्ने एक्ला फुटबल खेलाडी समेत हुन । यो उपाधि सँगै अर्जेन्टिना सबै भन्दा धेरै पटक बेलेन डी ओर को उपाधि जित्ने देश बनेको छ भने सबै बेलेन डी ओर मेसी एक्लैले जितेका हुन ।
हाल अमेरिकी क्लब इन्टर मायमी का कप्तान मेसी ले यो उपाधि जिते सँगै अमेरिकी मेजर लिग सकरको खेलाडीले बेलेन डी ओर जित्ने संयोग पनि बनेको छ । हुन त यो उपाधि मेसीले विश्वकप २०२२ र गत सिजन फ्रान्सेली क्लब पिएसजी मा गरेको प्रदर्शनको आधारमा जितेका हुन । तथापि मेजर लिग सकरबाट बालेन डी ओर जित्ने पहिलो खेलाडी समेत मेसी बने ।
त्यो त महिला तर्फको बेलेन डी ओर उपाधि भने स्पेन तथा बार्सिलोनाकी खेलाडी एटिना बोनमती ले जितेकी छिन् । बोनमतीले उत्कृष्ट खेल प्रदर्शन गर्दै २०२३ को महिला विश्वकप को उपाधि स्पेन लाई जिताउनुका साथै बर्सिलोनाको महिला टोली लाई ला लीगा का साथै युरोपियन च्यापियनशीप समेत जिताएकी थिइन ।
अन्य विधामा अर्जेण्टाइनियन गोल रक्षक डीवु (इमिलिनो) मार्टिनेज ले उत्कृष्ट गोल रक्षक, इग्लयाण्डका जुड बेलिगंम उत्कृष्ट युवा खेलाडी को उपाधि जित्दा, नर्वेजिन युवा खेलाडी इर्लिग हल्याण्डले ग्रड मुलर ट्र्फीको उपाधि जिते भने इंगल्याण्डको क्लब मेनचेष्टर सीटी एफसी ले उत्कृष्ट क्लब को उपाधि जित्यो । सन् १९५६ मा पहिलो पटक सुरु गरिएको बेलेन डी ओर अवार्ड अहिले २०२३ को संस्करण भने ६७ औँ संस्करण हो ।