भर्जिनियामा दसैँ महोत्सव अक्टोबर २२ तारिख

रिचमण्ड/ भर्जिनियाको रिचमण्डमा दसैँ महोत्सव अक्टोबर २२ तारिख हुने भएको छ।
नेपाली कम्युनिटी अफ ग्रेटर रिचमण्ड, भर्जिनिया (एनसीआरभीए) ले महोत्सवको आयोजना गर्न लागेको हो।
सेन्ट्रल भर्जिनियामा नेपाली समुदायमा यो अहिलेसम्मकै ठुलो नेपाली कार्यक्रम भएको आयोजकको दाबी छ। तीन सय ५० भन्दा बढो सहभागी हुने जनाइएको छ।
एनसीआरभीएका रुकेश पोखरेलका अनुसार महोत्सवमा आपसमा भेटघाट,अभिवादन, दसैँ टीका र खाजाको व्यवस्था गरिएको छ। यसै गरी मंगल धुन पनि प्रस्तुति गरिने छ।
महोत्सवको अर्को आकर्षण नेपाली विद्यालयका विद्यार्थीको नृत्य पनि रहेको छ।
ब्यान्ड प्रदर्शन र सामूहिक नृत्य पनि महोत्सवमा समावेश गरिएको आयोजकको भनाई छ।
महोत्सवमा सांस्कृतिक फेसन सो र संवादात्मक नाटक पनि राखिएको छ।
महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण समेत गरिने छ। एनसीआरभीएले फुटबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ।