अमेरिकामा महिलाद्वारा वाचित पुराण शुरु

ह्यारिसबर्ग /अमेरिकाको पेन्सिल्भेनियामा महिलाद्वारा वाचित ‘पञ्च दिवसीय सङ्गीतमय श्रीमद्कूर्मपुराण’को पुराण बुधवार देखि शुरु भएको छ।
अर्गनाइजेशन अफ हिन्दु रिलिजन एन्ड कल्चर (ओएचआरसी) अन्तर्गत महिला जागरण एवं उत्थान समूहले पुराणको आयोजना गरेको हो।
ह्यारिसबर्गमा रहेको लक्ष्मी नारायण हरिहर धाममा अक्टोबर २२ तारिख सम्म पुराण चल्ने छ।
विदुषी देवका खनाल,डा.लक्ष्मी नेपाल र विदुषी फाल्गुना पोखरेलबाट पुराण वाचन हुँदै छ। यस्तै गायिका हरिमाया अधिकारीको भजन पनि रहेको छ।
पुराण बाचन गर्नु अगाडि कलश यात्रा गरिएको थियो।



थप तस्वीरहरु