एनआरएन चुनाव : नेपालमा भएकाले अनलाइन मतदान गर्न नपाउने

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको १७ देखि २० अक्टोबरसम्म हुन लागेको ११ औं अन्तर्राष्ट्रि महाधिवेशनका लागि अक्टोबर १२ देखि मनोनयन दर्ताको समय तोकिएको छ ।
विगतमा ३ जना अध्यक्ष, महसाचिव २ सहित पदाधिकारी जम्बो बनाएको भन्दै आलोचना खेपेको एनआरएनएको नेतृत्वले अहिले पूर्ववत विधानको व्यवस्था अनुसार अध्यक्ष महासचिव लगाएत एकल पद हुने गरी व्यवस्था गरिएको छ ।
अक्टोबर १२ देखि १४ तारिखसम्म मनोनयन दर्ताका लागि निर्वाचन समितिले कार्यतालिका यसअघि नै प्रकाशित गरिसकेको छ भने काठमाडौं आएका (डेलिगेट्स) प्रतिनिधिहरुको दर्ताको काम पनि भइरहेको छ ।
एनआरएन सचिवालयका अनुसार काठमाडौं आइपुगेका प्रतिनिधिहरुले दर्ता शुल्क २ सय अमेरिकी डलर तिर्नु पर्ने भएको छ । होटेल सोल्टीमा हुने कार्यक्रमको खाना र अन्य सुविधाका लागि उक्त रकम तिनुपर्ने व्यवस्था गरिएको हो ।
काठमाडौं नआएको प्रतिनिधिहरुले भने यो रकम तिनुपर्ने छैन ।
यसैगरी नेपाल आएका प्रतिनिधिहरुले भने अनलाइनमार्फत मतदान गर्न पाउने छैनन् । उनीहरु सोल्टी होटेलमा भौतिकरुपमै उपस्थित भएर मतदान गर्नु पर्ने छ ।
महाधिशनका लागि निर्वाचन समितिले ४ हजार १ सय ९२ जनाको प्राराम्भिक मतदाता नामावली प्रकाशित गरिसकेको छ ।
