पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा दसैँ तिहार कार्यक्रम अक्टोबर २९ तारिख

ल्यानक्यास्टर/ पेन्सिल्भेनियामा रहेका नेपालीले दसैँ तिहार संयुक्त रूपमा मनाउने भएका छन्।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाले यहाँ रहेका नेपालीलाई आफ्नो ठुला दुई चाडलाई एउटै थलोमा मनाउने जमर्को मिलाएको हो।
एसोसिएसनका कोषाध्यक्ष अञ्जलिका केसीका अनुसार ल्यानक्यास्टरमा (291 Black Oak Drive, PA 17602) अक्टोबर २९ तारिख साँझ पाँच बजे देखि दश बजे सम्मका लागि कार्यक्रम तय गरिएको छ।
केसीका अनुसार यस अगाडि तीजको कार्यक्रम भएको हलमा नै दसैँ तिहार कार्यक्रम हुने छ। संस्थाको सिङ्गो कार्यसमितिमा महिला चयन भए पछि गरिएको पहिलो कार्यक्रम तीज महोत्सव चुस्त व्यवस्थापनमा भब्य रुपमा सम्पन्न भएको थियो।
कार्यक्रममा बालबालिकाहरूलाई आ आफ्नो प्रतिभा देखाउने अवसर पनि दिइने छ। कार्यक्रमको बीचमा देउसी भैलो कार्यक्रम पनि राखिएको छ।
कार्यक्रममा उपस्थित हुनेले सम्भव भए सम्म महिलालाई सारी र पुरुषलाई दौरा सुरवाल लगाउन अनुरोध गरिएको छ।
कार्यक्रममा सहभागीले टिकट खरिद गर्नु पर्ने जनाइएको छ। संस्थाका सदस्यले १५ डलर तिर्नु पर्ने छ। सदस्य नभएकाले प्रतिव्यक्तिलाई २५ डलर टिकट मूल्य तोकिएको छ। यस्तै १२ देखि १८ वर्ष सम्मलाई दश डलर टिकट मूल्य तोकिएको छ।