एनआरएनए आइसीसी युवा उप संयोजकमा अमेरिकाबाट डा. बिसुन्केको दाबी

पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को युवा उपसंयोजकका पदमा अमेरिकाका निवासी डा. शंकर बिसुन्केले उम्मेदवारी दिने भएका छन्।
उनले एनआरएनए आइसीसीको २०२३ देखि २०२५ कार्यकालका लागि एनआरएनए अमेरिका क्षेत्रको क्षेत्रीय युवा उपसंयोजकका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
‘युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरण’ भन्ने मूल मन्त्र अघि सारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । आम युवाहरूको आवाजलाई सम्बन्धित ठाउँमा पुर्याउने र समाधानको खोजी गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
अमेरिका क्षेत्रका युवाहरूलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारीलगायत विभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गर्ने लक्ष्य उनको छ ।