प्रवासी नेपाली मञ्चले भन्यो ‘इजरायलमा ३७ नेपाली विद्यार्थी अहिले पनि अलपत्र’

पेन्सिल्भेनिया । इजरायलमा प्यालेस्टाइन विद्रोही समूहको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको प्रति प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले एक विज्ञप्ति प्रकाशित गरेर अहिले पनि ३७ जना नेपाली विद्यार्थीहरु युद्धग्रस्त क्षेत्रमा फसिरहेको जनाएका छन् । उनीहरुको उद्दारका लागि नेपाल सरकारले पहल नगरको पनि विज्ञप्तिमा आरोप लगाइएको छ ।
युद्धग्रस्त क्षेत्रमा रहेका उनीहरु बंकरभित्र रहेको र उद्दार गरी सुरक्षित स्थलमा लैजानका लागि सम्बन्धित देशको दूतावास तथा कुटनीतिक रोहवर आवश्यक पर्ने पनि जनाइएको छ ।
