महानगरपालिका र ईःबिच सहमति, आन्दोलन स्थगित

काठमाडौं । सामाजिक अभियानकर्ता ईःसँग काठमाडौं महानगरपालिकाले सहमति जुटाएको छ । जवाफदेहीताको माग राखेर नौ दिनदेखि आन्दोलनमा रहेका ईःसँग चार बुँदे सहमति भएको हो ।
सहमतिपछि ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सहमति पत्रमा काठमाडौं महानगरपालिकाको तर्फबाट चिनीकाजी महर्जन र धिरज जोशीले हस्ताक्षर गर्दा अभियानकर्ताको तर्फबाट ईः ले ल्याप्चे लगाएका थिए ।
सहमति पत्रमा कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने उल्ले छ ।
