सङ्खुवासभाका काँग्रेस सभापति दीपक खड्काले दिए राजीनामा
काठमाडौँ । सङ्खुवासभाका काँग्रेस जिल्ला सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा पत्र बुझाएका हुन् ।
आफू प्रतिनिधिसभाको सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारणले सभापतिबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सङ्खुवासभाबाट निर्वाचित खड्काले प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौँमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् । पार्टीभि उनी शशांक कोइराला निकट मानिन्छन् ।