एनआरएनएले नागरिकता पाउने बाटो खुलेपछि महासचिव पौडेलले भने ‘अब बंशजको नागरिकताको प्रयास गर्ने’
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनका महासचिव डा. केशव पौडेलले गैर आवासीय नेपालीहरुले नागरिकता पाउने औपचारिक वाटो खुला भएकोमा खुसी व्यक्त गरेका छन् ।
सरकारले मन्त्रिपरिषद्बाट पास गरेको नागरिकता नियमावली राजपत्रमा विहीवार प्रकाशित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पौडेलले अहिलेको प्राप्त उपलव्धिलाई रक्षा गर्दै बंशजको नागरिकताको निरन्तरताको लागि प्रयास जारी राख्ने बताएका छन् ।