१५ लाख ८७ हजार नक्कली नोटसहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीबाट १५ लाख ८७ हजार नक्कली नोटसहित इटहरीबाट दुई जना पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका ६ स्थित एक होटेलबाट नक्कली नोटसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सङ्खुवासभा घर अजय राई र विवेक राई लाई पक्राउ गरेको प्रहरी निरीक्षक कैलाश चौधरीले बताए ।
उनीहरूको साथबाट १ हजार रुपैयाँका १६ बन्डल नोट फेला परेको छ ।
इटहरीमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
त्यस क्रममा शङ्का लागेर खानतलासी गर्दा ती व्यक्तिहरू नक्कली नोटसहित पक्राउ परेका हुन् ।
जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बताए ।
इटहरीसहित सुनसरीका विभिन्न व्यापारिक केन्द्रहरूमा नक्कली नोट पाइन लागेपछि सूक्ष्म रूपमा निगरानी भइरहेको प्रहरीले जनाएको छ ।