प्रधानमन्त्री दाहाल अमेरिका आउँदै
पेन्सलभेनिया । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका आउँदै छन् । उनी नेपाली समय अनुसार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अमेरिका आउने छन् ।
प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता उनको सचिवालयले समाजटाइम्सलाई जानकारी दिएको छ ।
उनको अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको हो ।
उनी चीनमा १९औँ एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुनेछन् भने उनको चीनका राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा र प्रधानमन्त्री ली छियाङसँग बेइजिङमा भेट गर्ने कार्यतालिका रहेको छ ।
भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, स्वकीय सचिव गंगा दाहाललगायत सहभागी हुने छन् । उनी २५ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।