बनेका देशमा कुदेर हुँदैन आफ्नै देश बनाउनु पर्छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले, आफ्नो देश छोडेर अरूको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै त्यसतर्फ असन्तुष्टि जनाएका छन् ।
काठमाडौँमा झापा काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय आफ्नो देश बनेको छैन भनेर बनेका देशको पछि लाग्ने प्रवृत्ति बढेको भन्दै त्यो घातक हुने बताए ।
जति सुकै गरे पनि परदेश आफ्नो देश जस्तो नहुने उनको तर्क छ ।
‘अरूका देश बनेका छन् भनेर, बनेका देशमा हामी कुदेर । हाम्रो देश बनेको छैन भनेर बनेका देश तिर कुदेर हुँदैन ।’ उनले भने
त्यस्तै उनले विदेशको बाटो बनाएर देश सिंगारे पनि, त्यसको फाइदा आफूले लिन नपाउने कुरा स्मरण गर्न आग्रह गरे । उनले भने ‘आफ्ना बाटा राम्रा बनाउनु पर्छ, आफ्ना गाडी राम्रा बनाउनु पर्छ । उत्पादन गर्नु पर्छ । हाम्रो आफ्नो उत्पादन बढाउनु पर्छ । ’
अब हामी समृद्धिको समय आएको भन्दै उनले अब सुख र खुसीका गीतहरू गाउने बेला आएको उनको भनाई छ ।