पेन्सिल्भेनियाबासीको यस पटकको दसैँ तिहार कालीप्रसाद र इन्दिरा जोशीका साथ
ह्यारिसबर्ग / अमेरिकाको पेन्सिल्भेनियाबासी नेपाली र नेपाली भाषी भुटानी समुदायका लागि यस पटकको दसैँ तिहार नेपाली सङ्गीतमा ख्याति कमाएका काली प्रसाद बास्कोटा र इन्दिरा जोशीका साथ हुने भएको छ।
ए के इभेन्टले यो अवसर जुराउन लागेको हो।
‘काली प्रसाद र इन्दिरा ज्यू सँग हामीले भर्खरै सम्झौता गर्यौ,अब कार्यक्रमको विस्तृत खाका तयार पार्दै छौ।’ एके इभेन्टका कार्यकारी निर्देशक आलोक कार्कीले समाज टाइम्स सँग भने।
कार्कीका अनुसार ह्यारिसबर्ग मिडटाउन आर्ट्स सेन्टरमा अक्टोबर १५ तारिख आइतबार साङ्गीतिक कार्यक्रम तय गरिएको छ।
‘हामी प्रायोजक सँग पनि छलफलमा छौ,त्यस पछि मात्र टिकटको बारेमा टुङ्गो लगाउँछौ।’ कार्कीले भने।