कोषाध्यक्ष सुनील साहद्वारा एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा
पेन्सिल्भेनिया, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का कोषाध्यक्ष सुनील साहले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष समेत रहेका साहले सोमवार सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
‘विश्वभर रहनुभएका अग्रज एनआरएनए अभियन्ता ,एनआरएनएकर्मी तथा तमाम एनआरएनहरू सँगको सर-सल्लाह र सुझावको उच्च सम्मान गर्दै, आसन्न गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने निर्णयमा पुगेको यहाँहरूमा अनुरोध गर्दछु।’ साहले लेखेका छन्।
उनले सधैँ झैँ सबैबाट साथ रहनेछ भन्नेमा विश्वस्त रहेको जनाएका छन्।
‘हामी एनआरएनएले स्थापनादेखि उठाउँदै आएको माग र लिएको लक्षित गन्तव्य नजिक छौँ, यस महा-अभियानलाई हामी थप ऊर्जाका साथ टुङ्गोमा पुर्याउनेछौं ।नेपाली नागरिकताको निरन्तरता नै हाम्रो प्रमुख माग हो ।’ साहले उम्मेदवारी घोषणा गर्दै लेखेका छन्।
‘एन.आर.एन.ए . महा-अभियानमा राष्ट्रिय समन्वय परिषद् ,अमेरिकाको अध्यक्ष देखि अन्तर्राष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष रहँदै हजुरहरूसँगै छु, उपाध्यक्षको उम्मेदवार बन्ने निर्णय सहित यात्रा निरन्तर छ ।’ उनले लेखेका छन्।
एनआरएनए आइसीसीको निर्वाचन आगामी अक्टोबरमा हुँदै छ।