नेपाललाई पहिलो झड्का कुशल भुर्तेल ३८ रन बनाएर आउट
काठमाडौं । एसिया कप छनोट अन्तर्गत भारतसँग जारी खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । पहिले ब्याटिङको निम्तो पाएको नेपालका ओपनर कुशल भूर्तेल २५ बलको सामना गर्दै २ छक्का र ३ चौकाको मद्दतमा ३८ रन बनाएर पेभिलिएन फर्किएका हुन् ।
नेपालका भुर्तेलले अर्का ओपनर आशिफ शेखसंग मिलेर ६५ रनको साझेदारी गरेका हुन् ।
शार्दुल ठाकुरको बलमा इशान किसानले भूर्तेललाई क्याच आउट गरेका हुन् ।
ताजा अवस्थामा नेपालका भिम सार्की र शेख क्रिजमा छन् । शेखले २३ रन बनाएर खेलिरहेका छन् ।
११ ओभर सकिदाँ नेपालले १ विकेट गुमाएर ६५ रन बनाएको छ ।