एसिया कप क्रिकेटमा नेपाल र भारत भिड्दै
काठमाडौं । एसिया कप क्रिकेटमा आज नेपाल र भारतका पहिलो पटक भिड्दे छन् ।
उमेर समूहमा खेले पनि सिनियर टोलीबिच पहिलो पटक भिडन्त हुन लागेको हो ।
खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरुहुने छ ।
नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।
नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो ।
मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् ।
जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका हुन् ।
समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ ।
त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान दुई खेलमा एकमा जित र एकमा अङ्क बाँड्दै तीन् अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अङ्क छ ।
एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ ।
अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।