सिंहदरबारमा आगो लगाउने मेयर बालेनको धम्की
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारलाई कडा चेतावनी दिएका छन् ।
पछिल्लो समय सरकार (सिंहदरवार) र बालेनबिचको टसल चर्चाहरु चले पनि कुन प्रशंगमा भनिएको कुरा भने उनले खुलाएका छैनन् । शनिबार राति मेयर साहले सामाजिक सञ्जालमार्फत ‘चोर सरकार’ को पनि संज्ञा दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ उनले लेखेका छन्, ‘याद राख चोर सरकार ।’