बाल्टिमोरमा क्रिकेटको माध्यमबाट योगदान गर्ने आधा दर्जन भन्दा बढिलाई काउन्टीको सम्मान
रोशनबहादुर सिंह
मेरील्याण्ड, अमेरिका/ साथी कप कप आयोजनाको पूर्वसन्ध्यामा आयोजना भएको ट्रफी र जर्सी सार्वजनिक कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई बाल्टिमोर काउन्टी काउन्सिलले सम्मान गरेको छ । आफ्नो टिमका लागि गरेको योगदान स्वरुप उनीहरुलाई सो साइटेसन प्रदान गरिएको हो ।
जसमा सुदुरपश्चिम क्रिकेट क्लबका कप्तान नितेश कुवँर सहित आधा दर्जन भन्दा बढिलाई सम्मान गरेको छ । बाल्टिमोर काउन्टीबाट साइटेसन पाउनेमा एनआरएनए एनसीसी अमरिकाका उपाध्यक्ष तथा साथी बाल्टिमोरका बोर्ड अफ डाइरेक्टर अनुप खनाल, साथी बाल्टिमोरका बोर्ड अफ डाईरेक्टर प्रबिन भण्डारीसँगै साथी बाल्टिमोरका हालका कार्यबाहक अध्यक्ष प्रभिन खड्काले पनि यो सम्मान पाएका छन ।
यस्तै सााथी बाल्टिमोर क्रिकेट क्लब बोर्ड अफ डाइरेक्टर तथा क्रिकेट म्यानेजर उत्सव सिग्देल, साथी बाल्टिमोर क्रिकेट क्लबकै पूर्व म्यानेजर तथा खेलाडी सुमन क्षेत्री, साथी बाल्टिमोर संस्थाका महासचिव बिक्की थापाले पनि यो सम्मान पाएका छन ।
यस्तै साथी बाल्टिमोरका बोर्ड अफ डाइरेक्टर सुमन अधिकारीसँगै रुपेश थापाले पनि यो सम्मान पाएका छन । उनी साथी बाल्टिमोर क्रिकेट क्लबका पूर्व कप्तान पनि हुन । उनीहरुलाई क्रिकेटको माध्यमबाट युवाहरुलाई बाल्टिमोर काउन्टीसँग मित्रता बढाउने गरेको योगदानको कदर गरेको भन्दै सम्मान गरेको हो ।
यस्तै बाल्टिमोर काउन्टी काउन्सिलम्यानको सम्मान पाउनेमा नितेशसँगै बाल्टिमोर एथ्लेटिक क्लबका कप्तान विवेक तामाङ, साथी बाल्टिमोरकी बोर्ड अफ डाइरेक्टर सिर्जना न्यौपाने र केनी शाह छिन । उनीहरुलाई बाल्टिमोर काउन्टीको पाँचौ डिस्ट्रिक्टका काउन्सिलम्यान डेविड मार्कले सो सम्मान पत्र हस्तान्तरण गरेका थिए ।