अमेरिकामा विश्वकै ठुलो खुल्ला फलाम खानी
मिनेसोटा, अमेरिका / अमेरिकाको मिनेसोटा राज्यमा पर्ने सेन्ट लुइस काउन्टी अवस्थित हिविङ्ग सहर वाट करिब एक किलोमिटर उत्तर तर्फ अवस्थित छ।
विशाल फलाम खानी । हल रस्ट आइरन माइन। विश्वकै ठुलो खुल्ला फलाम खानी हो। हल रस्ट आइस माइन । सन् १८९० देखि सञ्चालनमा आएको यो फलाम खानी करिब साढे पाँच किलोमिटर लम्बाई छ भने यसको चौडाइ झन्डै साढे दुई किलो मिटर छ। गहिराई भने करिब एक सय ७० मिटर छ।
हाल हिबिङ्ग टाकोनाइट कम्पनीले फलाम उत्खनन गर्दै आएकोमा वार्षिक आठ दशमलव दुई मिलियन टन फलाम उत्पादन हुन्छ। सन् १९४० को दशक ताका यस खानीबाट वार्षिक आठ सय मिलियन टन फलाम उत्खनन हुने गर्दथ्यो। बीसौ शताब्दीको पूर्वार्धमा धेरै यूरोपियन अकुशल श्रमिकको प्रमुख आकर्षण यो फलाम खानी हुने गर्दथ्यो।
हाल उत्खनन कार्य केही सुस्त भएता पनि यो खानी पर्यटकको आकर्षण केन्द्रै बन्दै आएको छ। वार्षिक करिब बिस हजार पर्यटकहरूले यो खानी अवलोकन गर्दै आएका छन्।