अमेरिकी सीमा गस्तीद्वारा ३४ जना कागजपत्रविहीन आप्रवासी पक्राउ
अगुआडिल्ला, पोर्टोरिको / अमेरिकी सीमा गस्ती एजेन्टहरू र पोर्टोरिकोका पुलिस अधिकारीको संयुक्त गस्तीले इसाबेलाको लस ब्राभोस बिच नजिकै बुधवार बिहान एउटा जहाज अवतरण गर्ने क्रममा ३४ जना कागजपत्र बहिनी आप्रवासीहरूलाई पक्राउ गरेको जनाएको छ।
त्यस मध्ये एक जना महिला मृत अवस्थामा भेटिएको अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार मे १५ को राति करिब साँढे एक बजे रामे सेक्टर बोर्डर पेट्रोल एजेन्ट (बीपीए) ले बत्ती बिना चलिरहेको जहाज भेटाएका थिए।
तस्करको जहाजलाई रोकी छानबिन गर्दा अवैधरुपमा अमेरिका प्रवेश गर्ने तयारीमा रहेकाहरूलाई भेटिएको अमेरिकी सीमा सुरक्षा बलको नियमित प्रेस बुलेटिनमा जनाइएको छ।
विज्ञप्तिका अनुसार पक्राउ पर्नेमा डोमिनिक रिपब्लिकका पाँच पुरुष र तीन महिला, हाइटीका २० पुरुष र पाँच महिला रहेका छन्। सो समूहमा एक जना नाबालिग समेत रहेको जनाइएको छ।
एजेन्टहरूले तस्करको जहाज नजिकै एक अज्ञात मृत महिला भेट्टाएको पनि विज्ञप्तिमा जनाइएको छ। । पोर्टोरिको पुलिसले मृतक महिलाको अनुसन्धान गरिरहेको विज्ञप्तिमा भनिएको छ।
पोर्टोरिको र डोमिनिकन रिपब्लिक बिचको ८० समुद्री माइल (एक सय ३० किलोमिटर) पार गर्न उनीहरू आइपुगेको जनाइएको छ। रातिमा बत्ती नबालिएको जहाजमा चढेर, आफ्नो जीवन जोखिममा पार्दै आएका उनीहरूले सीमा सुरक्षा अधिकारीले उद्धार मिसनको जिम्मा लगाएको बताइएको छ।