सामान्य शिक्षा प्राप्त गरेका अविवाहितहरूको सफलता : कमल खनाल
नर्थक्यरोलिना, अमेरिका / विद्यालयको पाठ्यक्रममा नै थियो र पढ्नु पर्थ्यो नयाँ आविष्कारहरूका बारेमा। पहिलो जहाज उडाउने राइट्स ब्रदर्स हुन भनेर पढिएको थियो। विश्वमा पहिलो जहाज बनाउने राइट्स ब्रदर्स हुन भनेर उनीहरूको नाम हाम्रो कलिलै दिमागमा बसेको धेरै वर्ष भयो। उनीहरूले के के गरे कसरी सफल भए भन्ने विषय र समय पाठ्यपुस्तकसँगै छुट्यो भुलियो। राइट्स ब्रदर्सको अगिल्लो नाम ओरभिल रवीलबुर समेत भुलेर केवल राइट्सब्रदर्स भन्ने मात्र दिमागमा रही रह्यो ।
संसारमा धेरै विषय र कुराहरूमा नवीनता भइरहेको छ। तर सबै विषयको सम्झना त्यति आउँदैन जति जहाज बनाउने राइट्स ब्रदर्सको आउँछ। संसार भरका मानिसहरूले कुनै सपना पनि देखेका थिएनन् होला। सोचेका पनि थिएनन् होला। सम्झने त कुरै छोडौँ। आज सडकमा गाडी गुढेझै आकाशको धेरै तल्लो भागलाई रूटबनाएर जहाज उडिरहेकाछन।
तिनै जहाजबाट संसारभरका एक कुनाका मानिस अर्को कुनामा र अर्को कुनाका मानिस अर्कै अर्कै कुनामा पुर्याउने काम भइरहेका छन्। यसरी नै पृथ्वीका आकार प्रकारहरू देख्ने र बुझ्ने मौका पनि प्राप्त भएको छ। यो सबै राइट्ब्रदरका सपना,प्रयास र क्षमताले सम्भव बनाएको हो। यिनीहरूको प्रयासले संसारभरका परिवारहरूलाइ छिन्न भिन्न पारेको छ। देश,दुनियाँ,सभ्यता र संस्कार एक्सचेन्ज गराएको छ। लाग्थ्यो त्यो आकाशको फल हो हाम्रा लागि। तर “यात्रा रहेछ जिन्दगी “ सायद डेटोन ओहायो बाट राइट्सब्रदरले आउटर बैक नर्थ क्यारोलाइना यात्रा नगरेको भए किल डेभिल हिल जन्मिन्थेन होला।
आज हाम्रो यात्रा कति सम्भव हुन्थ्यो। कल्पना गर्न पनि समय लाग्छ। समयले संसारलाइ बदलिदिएको छ। आकाशतिर हेर्यो भने जहाज उडेका छन्। जमिन तिर गाडी गुडिरहेका छन्। मानिसको जीवनलाई अस्त व्यस्त र उलट पुलट बनाइ दिएको छ। मानिसहरूले आफ्नो पन र संस्कारलाई समायोजन गरेर बांच्नेकला सिकेका छन्।
मानिसको रङ्ग र रूपमा फरक भए पनि मानवीय संस्कार र आचरणलाई व्यवहारमा एकरूपता ल्याएको छ। संसारका मानिसका प्रेरणाका श्रोतका रूपमा रहेका राइट्सब्रदरले समयलाई आफ्नो नियन्त्रणमा लिएर संसारलाई आश्चर्य चकित बनाइदिए। समय बलवान हुन्छ भन्ने कुराको पुस्ट्याइँ गरिदिएका छन्।
२१७ माइल्सको दुरीमा रहेको राइट्स ब्रदर्स नेस्नल मेमोरियलले दिमागमा काउकुती लगाइ रह्यो। कहिले जाने होला समयलाई पर्खिएर बसे। जसरी पनि हेर्नै पर्ने भनेर मेरो मन मष्तिकले मलाइ गाइड गरिरह्यो। ३ घण्टा ४० मिनट लगाएर हामी पुग्यौ बेलुकाको ५ बजेर ३१ मिनटमा राइट्स ब्रदर्स नेस्नल मेमोरियल १५ अगस्ट २०२३ मा।
राइट्स ब्रदर्स नेसनल मेमोरियल
राइट्स ब्रदर्स नेसनल मेमोरियल पार्क भित्र पुगे पछि त्यहाँ १८९९ देखि १९०५ सम्म राइट्स दाजुभाइद्वारा गरिएका प्रयोग र प्रारम्भिक चरण देखिएका एरोनेटिक एक्सपिरियन्सहरूका सचित्र दृश्यहरू र भिडियोहरू हेर्न पाइने रहेछ। साथै मोनोमेन्ट र त्यहाँबाट देखिने आउटर बैकका सिसोरहरूले कति सुन्दरता प्रदर्शन गरिरहेका थिए।
पर क्षितिजसम्म देखिने समुद्रमा उर्लेका छालका ताँतीहरू त्यहीबाट निर्मित हावाका संवेगहरू मानिसहरूलाई नै उडाउन खोज्ने हावाको गतिले नै आनन्द दिइरहेको थियो। सूर्यास्त र सूर्योदयका क्षणहरूले पृथ्वी र आकाशलाई एकै ठाँउमा जोडिएको अनुभूति गराइरहेको थियो। सिसोरका बीचेजहरूले समुद्रलाई जिस्क्याइ रहेको महसुस भइरहेको थियो।
समरको मौसम भएर होला बेजोडसँग बहेको तातो हावाले मानिसलाई उडाउन खोज्थ्यो। कति बलवान थियो त्यो हावा। दुई देखि तीन घण्टाको समय बिताउन सजिलै सकिने यो नेसनल मेमोरियल पार्कमा निर्माण गरिएको मोनोमेन्ट जमिनको लेभल भन्दा माथि थियो। जहाँबाट मनोरम दृश्यहरू देख्न सकिन्थ्यो।
मोनोमेन्ट
मोनोमेन्ट निर्माण गरिएको स्थान,उचाइमा थियो जुन उचाइलाई किल डेभिल हिल भनिँदो रहेछ। मोनोमेन्टको पूर्वी भागमा राइट ब्रदर्सका मूर्तिहरू बनाइएका थिए। मोनोमेन्ट ग्रिनाइडको स्टक्चरमा निर्माण गरिएको सेतो रङ्गको ६० फिट अग्लो थियो।
मोनोमेन्टको डिजाइन आर्किटेक रोजर मार्भेलले गरेका रहेछन् भने राइट ब्रदर्सको मूर्ति भने मूर्तिकार डोनाल्ड डेलुइले गरेका रहेछन्। २८०० एर्कस जमिन को एरिया ओगटेको राइट ब्रदर्स नेसनल मेमोरिएलको स्थापना १९२७ मा प्रेसिडेन्ट केलभिन कोलिडेजले गरेका रहेछन्।
म्युजियम
राइट ब्रदर नेसनल मेमोरिएल म्युजियममा राइट ब्रदरले गरेका एक्सपेरिमेन्ट, प्राप्त गरेका अचिभमेन्ट्स उनिहरूद्धारा निर्माण गरिएका तथ्यहरू र उनीहरूको बाइसाइकल सपका रिप्लिकाहरू र भिडियोहरू समेत राखिएका रहेछन्।
ती चिजहरू पनि हेर्न र देख्न पाइने रहेछ। विभिन्न पत्र पत्रिकामा प्रकाशित लेखहरू समेत राखिएका रहेछन्। एभिएसनको इतिहास भिडियो मार्फत हेर्न पाइने रहेछ।
राइट्ब्रदर नेसनल मेमोरियलको महत्त्व
संसारकै लागि यो एउटा ऐतिहासिक महत्त्व बोकेको ठाँउ रहेछ। यसको संरक्षणले पछिल्लो जेनेरेसनलाई सुरुवाती समय देखि भविष्यसम्मको एभिएसनले गरेको चमत्कारलाई अध्ययन गर्ने मौका दिनेछ भने इन्जिनियरिङ अध्ययन क्षेत्रका मानिसहरूका लागि त यो अदभूत चमत्कार लाग्न सक्छ।
शिक्षा बिना नै यस किसिमको चमत्कार देखाउन सक्नु ,गर्न सक्नु भनेको अस्वाभाविक क्षमता भएका राइट्ब्रदर बाट मात्र सम्भव भयो भन्ने बारेमा अध्ययन, अनुसन्धान र खोजका लागि हाडवयर्स र सफ्टवयर्सका दुनियाँमा रमाउनेहरू र विभिन्न क्षेत्रका विज्ञ र वैज्ञानिकहरूका लागि यहाँको भिजिट उपयुक्त र महत्त्वपूर्ण हुनेछ।
वार्षिक ४/५ लाख मानिसहरूले यो ठाँउको भ्रमण गर्दा रहेछन्। प्रवेशमा नै एक जनाको १० डलर तिर्नु पर्ने रहेछ। राइटब्रदर नेसनल मेमोरियलको १०० वर्ष कोकार्यक्रम २००३,जर्ज डब्लु बुस प्रेसिडेन्ट भएको समयमा संसारका मानिसहरूको उपस्थितिमा गरिएकोले पनि यो स्थानलाई महत्त्वपूर्ण बनाएको रहेछ।
किन यो स्थान छनोट गरे त राइटब्रदर्सले ?
फराकिलो जमिन,खुल्ला क्षेत्र,जमिनको आकार र प्रकार उपयुक्त रहेको,खुल्ला स्वतन्त्र किसिमले बिना कुनै व्यवधान काम गर्न पाइने, हावाको बहाव स्थिर रहने,जङ्गलले घेरिएको आँधी हुरीको समस्या नभएको,निरन्तर चापयुक्त हावा चलिरहने, समुद्रले वेष्टित र अपेक्षा गरिए अनुसारको मौसम र बालुवाका नरम ढिस्काहरू भएको जमिन,एकान्त स्थान भएकाले पनि त्यस स्थानलाई राइट ब्रदर्सले उपयुक्त माने अर्थात् त्यस एरिया उडान एक्सपेरिमेन्टका लागि अत्यन्त उपयुक्त वातावरण भएकोले पनि त्यस स्थानलाई छानिएको रहेछ।
राइट्ब्रदर्सका उपलब्धिहरू
धेरै असफलता पछि डिसेम्बर १७,१९०३ मा ओरभिलले पहिलो मानवयुक्त पावर फ्लाइट गरे र सफलता पनि प्राप्त गरे जुन एयरक्राफ्ट भन्दा गह्रौँ थियो। जसलाई राइट्स फ्लायर भनेर चिनिन्थ्यो। बिहानको १०ः३५ बजे पहिलो उडान गरे जुन उडान १२ सेकेन्डको थियो भने १२० फिट टाढा पुगेको थियो।
पहिलो दिनमा चार वटा उडान गरे जसले गर्दा पहिलो एरोप्लेन पाइलट बन्ने अवसर पनि प्राप्त गरे भने अर्को मानवीय फ्लाइट पनि सम्भव रहेछ भन्ने कुरा पनि प्रमाणित गरेर देखाए। जुन पहिलो उडान किट्टीह्वाक नर्थ क्यारोलाइना गरेका थिए।
पहिलो फ्लाइट कसले गर्ने भन्ने बारेमा दाजुभाइ बिच कोइन टस गरे। टस दाजुले जिते पहिलो उडान डिसेम्बर १४ मा सफलताका साथ सम्पन्न गरे। हरेक दिन उडान कार्य गरी नै रहे उडानको दुरी बढाउँदै लगे अन्तिममा एक मिनटमा ८५२ फिट टाढा पुगेको रेकर्ड बनाए।
यसरी राइटब्रदर्सले पहिलो नियन्त्रित फ्लाइट गरे १९०४ देखि १९०५ को बिचमा। १९०८ मा त उनीहरूले दुई जना मानिस बस्न मिल्ने जहाज बनाएर युरोप र अमेरिकामा प्रदर्शन फ्लाइट समेत गरेका रहेछन्।
को थिए राइट ब्रदर्स ?
प्रिन्टिङ प्रेसका व्यपारी, बिक्ली न्युज पेपर निकालेर “न्युज पेपर वेस्ट साइड न्युज”को प्रकाशक र सम्पादक भएर समेत काम गरेका रहेछन् ओरभिल र वीलबुर दाजुभाइले । हाई स्कुल तहको डिप्लोमा समेत नगरेका राइट ब्रदर्स ,ओरभिल राइट अगस्ट ९ ,१८७१ मा जन्मिएर जनवरी ३०, १९४८ मा मृत्यु भएको रहेछ। भने उनको जन्म डेटोन,ओहायो अमेरिकामा भएको रहेछ। वीलबुर राइट अप्रिल १६ ,१८६७ मा जन्मिएर मे ३०,१९१२ मृत्यु भएको रहेछ।उनी मीलभिल इन्डियाना अमेरिकामा जन्मेका रहेछन्। दुवै अविवाहित थिए। उनीहरूसँग दुवै चिज गर्ने समय थिएन त्यसैले विवाह नगरी एरोप्लेन निर्माणको खोजी कार्यमा लागे र आफ्नो लक्ष्य प्राप्त गरे।
ओरभिलको मृत्युको कारण हार्टअट्याक बाट ७६ वर्षको उमेरमा भएको रहेछ भने वीलबुरको मृत्यु थाइराइडबाट ४५ वर्षको उमेरमा मृत्यु भएको रहेछ। डेटोन ओहायोमा हुर्के बढेका राइट ब्रदर्सको जन्म भने बेग्ला बेग्लै ठाँउमा भएको रहेछ। बाबु मिल्टन राइट र आमा सुसान क्याथेरिन कोइनरबाट जन्मेका ७ सन्तान मध्येका राइट ब्रदर्स साइँलो र काइँलो भाइ रहेछन्।
आमाको मृत्यु पछि प्रिन्टिगंसप स्थापना गरे र लोकल लेभलमा न्यूजपेपर प्रकाशित गर्न थाले त्यस पछि लगतै “दी ट्याट्लर”प्रकाशित गरे।
१८९२ दुई दाजुभाइ मिलेर (bicycle sales and repair shop)साइकल पसल खोले साइकल बनाउन थाले। १८९६ मा उनीहरूले (self oiling bicycle wheels ) स्वचालित साइकल बनाए आवश्यक टुल्सहरू तयार गरेर बेच्न थाले व्यापार बढ्दै गयो।
नाफा पनि प्रशस्त हुन थाले पछि उनीहरूको सोचमा परिवर्तन आयो र यी दुई दाजुभाइ १८९९ बाट (aeronautical experiment) विमान बनाउने अभियानमा लागे। विमान बनाउने सन्दर्भमा धेरै प्रयोगहरू गरे यो क्रम १९०५ सम्म रह्यो तर १९०३ मा नै जहाज बनाएर परीक्षण उडानमा सफलता प्राप्त गरे।
कुन सोच र बिचार मिल्यो राइट दाजुभाइको र यो अदभूतकार्यको थालनी गरे। यो ब्रमाण्डलाइ नै खुम्च्याउने काम गरे। संसारलाई चकित पारे। यस्तो कार्य र सफलता बिरलै मानिसले प्राप्त गर्न सक्छन्। त्यस प्रकारको सफलता राइट दाजुभाइले प्राप्त गरे १९०३ मा।त्यसैको परिणाम थियो अन्तरिक्ष यानको विकास पनि।
हुन त राइटब्रदर्स दाजुभाइको सफलतालाई पनि चुनौती दिने काम भएको रहेछ। अर्थात् १७८३ देखि १९०१ सम्म विभिन्न एक्सपेरिमेन्ट भएका रहेछन्। पहिलो र लामो मानवयुक्त उडान गरेको दाबी पनि गरिएको रहेछ।
र यो पनि…
अमेरिकामा सडक नियम उलङ्घन गर्दाको परिणाम :कमल खनाल