अमेरिकामा सम्पन्न डिस्का ओपन च्याम्पियनसिप : डिस्का डोजो ह्यारिसबर्ग २८ स्वर्ण सहित पहिलो
पेन्सिल्भेनिया/ अमेरिकामा सम्पन्न डिस्का ओपन च्याम्पियनसिपमा केन्द्रीय डोजो ह्यारिसबर्ग पहिलो भएको छ।
ड्रुक इन्टरनेश्ल सितोरियो कराते डो एसोसिएसन (डिस्का) को आयोजनामा शनिवार र आइतबार गरी भएको च्याम्पियनसिपमा ह्यारिसबर्गले २८ स्वर्ण जित्न सफल भयो। होमटाउन बाट केही बाहिर हलिफ्याक्सको क्याप हेब्रोनमामा भएको च्याम्पियनसिपमा ह्यारिसबर्गले १५ रजत र २७ कांस्य गरी कुल ७० पदक सुरक्षित गर्यो।
च्याम्पियनसिपमा डिस्का डोजो कार्लिस दोस्रो भयो । कार्लिसले १२ स्वर्ण नौ रजत र दश कांस्य गरी कुल ३१ पदक जितेको थियो।
सात स्वर्ण सहित डिस्का डोजो एक्रोन तेस्रो भयो । एक्रोनले ६ रजत र सात कांस्य जितेको थियो। पाँच स्वर्ण सहित डिस्का डोजो पिट्सबर्ग चौथो स्थानमा रह्यो। पिट्सबर्गले चार रजत पनि जितेको थियो।
डिस्का डोजो रेनोल्ड्सबर्ग चार स्वर्ण ६ रजत र सात कांस्य सहित पाँचौँ स्थानमा रह्यो।
पदक तालिकामा छैटौँ स्थानमा रहेको यु एसए सितोरियो कराते डो एसोसिएसनले तीन, स्वर्ण, दुई, रजत र तीन कांस्य हात पार्यो।
यस्तै क्यानडाबाट आएको डिस्का डोजो गुल्फले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जित्यो।
डिस्का डोजो भर्मन्टले एक स्वर्ण, आठ रजत र सात कांस्य पदक जित्यो। डिस्का डोजो जर्जियाले एक स्वर्ण, तीन रजत र तीन कांस्य पदक जित्यो।
डिस्का डोजो फार्गोले एक स्वर्ण तीन रजत र सात कांस्य जित्न सफल भयो। पदक तालिकामा पुछारमा रहेको डिस्का डोजो कोलम्बसले एक स्वर्ण, एक रजत र चार कांस्य जित्न सफल भयो।
च्याम्पियनसिपमा दुई सय बिस खेलाडीले चुनौती पस्किएका थिए। अमेरिकामा डिक्साको स्थापना पछि आयोजना भएको यो बृहत् खुल्ला प्रतियोगिता भएको डिस्काका अध्यक्ष हेमन्त घिसिङको भनाई छ।
अध्यक्ष घिसिङका अनुसार डिस्का नेपालमा भुटानी शरणार्थी शिविरमा सन् १९९२ मा स्थापना भएको हो। तेस्रो मुलुक पुर्नवास पछि अमेरिकामा सन् २०१६ डिस्काले निरन्तरता पाएको हो।
च्याम्पियनसिपमा महिला तथा पुरुष दुवै तर्फ विगिनर देखि भेट्रान्स सम्म गरी पाँच डिभिजनमा पाँच वर्ष देखि भेट्रान ३५ वर्ष माथि सम्म काता र कुमुतेमा प्रतिस्पर्धा गराइएको थियो।
च्याम्पियनसिपमा रेफ्रि प्रमुख शान्त थोकर रहेका थिए।
च्याम्पियनसिको हाइलाइट्स भिडियो