एनआरएनए पेन्सिल्भेनिया च्याप्टरको शपथ ग्रहण तथा पद हस्तान्तरण
पेन्सिल्भेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरको नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न भएको छ।
फिलाडेल्फिया नजिक फोर्टवासिङ्गटनमा आइतबार साँझ आयोजित कार्यक्रममा नव निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ दिलाइएको हो।
नव निर्वाचित च्याप्टर अध्यक्ष जयन्द्र लामाले सिकागोमा सम्पन्न एनआरएनए अमेरिकाको १२ औ साधारण सभामा नै शपथ लिएका थिए।
बाँकी पदाधिकारीलाई एनआरएनए अमेरिकामा अध्यक्ष डा अर्जुन बन्जाडेले शपथ खुवाएका थिए। आइतवार सपथ लिनेहरुमा उपाध्यक्ष अभिषेक थापा,सचिव नितेश पाण्डे,कोषाध्यक्ष रोबिन पाख्रिन, महिला संयोजक ममता कोइराला युवा संयोजक राकेश यादव रहेका थिए।
यस्तै बोर्ड सदस्य बृजनन्दन यादव, गर्भीलाल यादव, मोहन बहादुर सिजाली मगर, ओमप्रसाद सापकोटा र मनोनीत सदस्य भरत कुमार श्रेष्ठलाई पनि पद तथा गोपनीयताको शपथ प्रमुख अतिथि एनआरएनए अमेरिका अध्यक्ष डा. खुवाएका थिए।
शपथ पछि च्याप्टर पदाधिकारीलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको थियो।
यस अगाडि पेन्सिल्भेनिया च्याप्टरका निवर्तमान अध्यक्ष सुभाष बैठाको अध्यक्षता भएको कार्यक्रममा नवनिर्वाचित च्याप्टर अध्यक्ष जयन्द्र लामाले स्वागत मन्तव्य दिएका थिए।
उनले आफूले सबै सँग सरसल्लाह गरेर सिक्दै काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा एनआरएनए अमेरिका पेन्सिल्भेनिया च्याप्टरलाई सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
ब्रुक मेडो फार्म, ह्यारिसबर्ग, हिमालयन फ्युजन, ह्यारिसबर्ग,खाना बिस्ट्रो, हर्षी,निर्वाण बिस्टो फिलाडेल्फिया, फर्सिइन ग्रिल, अमन्स इन्डियन बिस्ट्रो फोनिसभिल, कल्कि द ड्रीम्स इंकलाई सम्मान गरिएको थियो।
यसै गरि पेन्सिल्भेनियाबाट सञ्चालित समाज टाइम्स अनलाइन पत्रिकालाई पनि सम्मान गरिएको थियो। यसै गरि यूथ तर्फ इभानजेलिना लामिछानेलाई पनि सो अवसरमा सम्मान गरिएको थियो।
कार्यक्रममा निवर्तमान सचिव रमेश लामिछानेले च्याप्टरको दुई वर्षे कार्यकालको अन्तिम प्रतिवेदन प्रस्तुत गरेका थिए। सचिव लामिछानेले कोषाध्यक्ष सविता पौडेलको अनुपस्थितिमा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
निवर्तमान सचिव लामिछानेको प्रतिवेदन
शपथ पछि विभिन्न व्यक्तिले नवनिर्वाचित टिमलाई शुभ कामना दिएका थिए। प्रमुख अतिथि, डाक्टर बन्जाडे, एनआरएनए अमेरिका निवर्तमान संरक्षक विश्व बराल, एनआरएनए अमेरिकाका सचिव दीपक सापकोटा, पेन्सिल्भेनिया नेपाली गुठीका संरक्षक विनोद मोक्तान, नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक नवराज ढकाल लगायतले शुभ कामना दिएका थिए।
यस्तै कम्बरल्याण्ड भ्याली हाईस्कूल नेपाल विद्यार्थी संघ क्लबकी संस्थापक/वर्तमान अध्यक्ष इभानजेलिना लामिछाने, नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाकी अध्यक्ष अर्चना शर्मा, नेपाली जनसम्पर्क समिति अमेरिका पेन्सिल्भेनिया च्याप्टर अध्यक्ष डा. केशव भण्डारी, तामाङ सोसाइटी पेन्सिल्भेनियाका अध्यक्ष कविलाल घिसिङ, साथी पीएका अध्यक्ष यदु बन्जारा, सामाजिक अभियन्ता राज कालाखेतीले शुभ कामना मन्तव्य दिएका थिए।
कार्यक्रमा दुई चरणमा गरिएको थियो। सपथ अगाडी निवर्तमान सह सचिव नारायण बास्तोलाले कार्यक्रम संचालन गरेका थिए। सपथ पछि निवर्तमान सचिव रमेश लामिछानेले कार्यक्रम संचालन गरेका थिए।
कभर फोटो सौजन्य अर्चना शर्मा