इन्टर मियामी लिग्स कप फुटबलको फाइनल
पेन्सिलभेनिया । लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा फिलाडेल्फियालाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मियामीले फाइनलमा यात्रा तय गरेको हो ।
मियामीलाई जिताउन कप्तान मेस्सीसहित जोसेफ मार्टिनेज, जोडी अल्बा र डेभिड रुइजले एक एक गोल गरेका थिए ।
फिलाडेल्फियाका लागि एलेजेन्ड्रो बिडोयाले एक गोल फर्काए । जोसेफ मार्टिनेजले तेस्रो मिनेटमा गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए ।
मेस्सीले २० औं मिनेटमा गोल गरेपछि टिम २–० ले अघि बढेको थियो ।
पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा जोडी अल्बाले गोल थपेपछि मियामी पहिलो हाफमा ३–० को फराकिलो अवस्थमा रहेको थियो ।
यसैगरी ७३ औं मिनेटमा एलेजेन्ड्रो बिडोयाले गोल फर्काएर फिला डेल्फियाको अग्रता १–३ मा झारेका थिए ।
तर, ८४ औं मिनेटमा डेभिडन रुयजले गोल गरेपछि इन्टर मियामी ४–१ को फाकिलो जितका साथ फाइनलमा स्थान पक्का गर्न सफल भयो ।
मियामीले अब मोन्टेरी र नासभिलबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।