डा. ममता ओझाको क्लिनिक नोरभिनिया हेल्थ भर्जिनियामा सञ्चालन
भर्जिनिया, अमेरिका / नेपाली मुलकी डा. ममता ओझाले नेपालीहरुको बाक्लो बसोवास रहेको भर्जिनिया राज्यको यासर्वनमा नोरभिनिया हेल्थ क्लिनीक सञ्चालन गरेकी छिन् ।
अमेरिकन बोर्ड अफ इन्टरनल मेडिसिन (ए.बि.आई.एम) बाट सर्टीफाइड डाक्टर ममता ओझाले इन्टरनल मेडिसिन तथा प्राइमरी केयर क्लिनीक सञ्चालनमा ल्याएकी हुन् ।
डा. ओझाको नोरभिनिया हेल्थ क्लिनीक, (44081 Pipeline Plaza, Suite 200, Ashburn, VA- 20147) ठेगानामा अवस्थित छ । यो क्लिनीक सञ्चालनमा आए सँगैं नेपाली भाषीहरुको लागी स्वास्थ्य लाभ लिन सहजता हुने अपेक्षा गरिएको छ। भर्जिनिया आसपासमा धेरै नेपालीको बसोबास रहेको छ।
नेपालको तनहूँमा जन्मेकी डा. ओझाले पाकिस्तान सरकारको पूर्ण छात्रबृत्तिमा पाकिस्तान स्थित फतिमा जिन्हा मेडिकल युनिर्भसीटि बाट ब्याचलर अफ मेडिसन एण्ड ब्याचलर अफ र्सजरी (एम.वी.वी.एस) गरेकी हुन् ।
एम.वी.वी.एस सके लगत्तै नेपाल फकेर डा. ओझाले काठमाण्डौं स्थीत सैनिक अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गरिन । तत् पश्चात अमेरिका स्थीत मेसिगन स्टेट युनिर्भसीटि, इष्ट लान्सीगं, मेसिगन बाट रेसिडेन्सी पुरा गरेकी थिइन ।
आफ्नो अध्ययन पूरा गर्न साथ डा. ओझाले सोहि मेसिगन स्टेट युनिर्भसीटिमा एसिस्टेण्ट प्रोफेसरको रुपमा चार वर्ष मेडिकल विषय प्रध्यापन गरिन ।
केही वर्ष याता मात्र मिचिगन राज्यबाट भर्जिनिया राज्य सरेकी डा. ओझाले भर्जिनियमा पनि सेनटार हेल्थ सिस्टममा काम गरिसकेकी छिन् ।
हाल भने उनले आफ्नै क्लिनीक नोरभिनिया हेल्थ सञ्चालनमा ल्याएकी हुन् ।
44081 Pipeline Plaza Suite 200, Ashburn, VA 20147
Phone: 703-651-5910