एनआरएनए आइसीसीको निर्वाचन यस पटक पनि नहोलाकी भन्ने आशंका छ: डा. हेमराज शर्मा (भिडियो सहित)
पेन्सिलभेनिया, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का उपाध्यक्ष डा. हेम राज शर्माले यस पटक पनि निर्वाचन नहोला की भन्ने आशंका बढेको बताएका छन्।
सोमवार बिहान समाज टाइम्स सम्वादमा उनले परराष्ट्र मन्त्रालयको गतिविध पनि रहस्यमय भएको बताए।
उनले भने ‘गैरआवासीय नेपाली संघको तर्फबाट निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ तर परराष्ट्र मन्त्रालय र राजनीतिक दलहरुको हस्तक्षेपका कारणले निर्वाचन नहोला भन्ने आशंका अझैछ ।’
उनले गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तयारीको लागि परराष्ट्र मन्त्रालयले आयोजक समिति गठन गर्न ढिलाई गर्नु रह्स्यमय भएको बताए ।
उपाध्यक्ष डा. हेम राज शर्माले राजनीतिक दलको ढोका चारेर अध्यक्ष नबन्ने बताए । उनले संघको ११ औं महाधिवेसनको लागि आफु वरिष्ठउपाध्यक्ष रहेको नाताले पनि अध्यक्ष पद दावी गर्नु स्वभाविक रहेको बताए ।
उनले भने ‘अहिलेका दुई अध्यक्षहरु डा. बद्री केसी र रविना थापाले पनि पुनः अध्यक्ष बन्ने चाहना राख्नु भएको छ । त्यस पछि सिनिसयर म आफै हो । मेरो स्वभाविक दावी रहन्छ ।’
“म नेताहरुको ढोका हान्न गएको छैन्, त्यसैले धेरैलाई अलमल लागेको होला तर मेरो अध्यक्ष पदको दावी कायम छ । तर त्यसको लागि संघको निर्वाचन सुनिश्चित हुनु पर्छ ।”
उनले संघको केन्द्रीय महाधिवेसनको लागि प्रतिनिधिहरुको चयन पछि अरु आकांक्षीहरुबीच छलफल गरेर अन्तिम निर्णय लिने बताए ।
संघको ११ औं महाधिवेसन अक्टोवर १७ देखी २० सम्म काठमाण्डौंमा हुदैछ । नयां नेतृत्वको लागि डा. बद्री केसी, रविना थापा, महेश श्रेष्ठ, डा. केशव पौडेल र आरके शर्माले आकांक्षा देखाएका छन् ।
डा. हेम राज शर्मा सँगको समाज टाइम्स सम्वाद