एनआरएनएको प्रतिनिधि दर्ता खुल्यो
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको अक्टोबरमा हुन लागेको विश्व सम्मेलन तथा ११औं महाधिवेशनका लागि प्रतिनिधि दर्ता सुरु हुने भएको छ । ६ अगष्ट २०२३ का दिन सम्पन्न भएको आइएसको १८औं बैठकले महाधिवेशन प्रतिनिधिहरुको लागि मिति २०२३ को १० अगष्ट देखी २५ अगष्ट सम्म स्मार्ट एनआरएनए मार्फत नाम दर्ता गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार एपमा विधानको दफा २४ उप दफा १ अनुसार यसै महिना (जुलाई) ३१ तारिखभित्र अन्तर्राष्ट्रिय प्रतिनिधिलाई दर्ता गर्न अनुरोध गरेको छ ।
एनआरएनएको ११ औं विश्व सम्मेतल अक्टोबर १७ देखि काठमाडौंमा
साथै महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता गैरआवासीय नेपाली संघको संशोधित विधान २०२२ को दफा १३.७, अनुसूची ६ र ६क र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ब्यवस्थानपन नियमावलीमा व्यवस्था भए बमोजिम हुने पनि आज प्रकाशित सूचनामा जनाइएको छ।
साथै संघको विधान र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ब्यवस्थानपन नियमावली अनुसार बहालबाला आइसिसिका पदाधिकारी र सदस्यहरु, बहालबाला संरक्षकहरु, बहालबाला सल्लाहकारहरु, बाहालबाला संरक्षक परिषद्का सदस्यहरु, ०२३–२५ का लागि नवनिर्वाचित आइसिसि सदस्यहरु, नव वर्तमान राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु, निवर्तमान राष्ट्रिय समन्वय परिषदका सदस्यहरुले भने प्रतिनिधि फारम भर्नु नपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।