सुन काण्डको उचित छानविन गरेर निकासका लागि जरासम्म पुग्न राजेन्द्र लिङ्देनको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले सुन प्रकरणमा उचित छानविन गरेर निकासको लागि जरासम्म नै पुग्नु पर्ने बताएका छन् ।
बुधबार संसद बैठकमा बोल्दै उनले सरकार कुनै पनि प्रकरणमा जरैसम्म पुग्न नखोजेको आरोप लगाए ।
उनले भने ‘ १ क्विन्टल सुन भित्रिनु समान्य विषय होइन् । समाजलाई ठीक दिशामा ल्याउनको लागि पनि यसको उचित छानविन र उचित निकासको जरा सम्म पुग्नु पर्छ । भुटानी शरणार्थीको कुरा गरौं ललिता निवास जग्गा प्रकारणको कुरा गरौं कही पनि जरा सम्म पुग्न सकेका छैनौं । सरकार जरा सम्म पुग्न समेत अग्रसर भएको छैन् । ’
अध्यक्ष लिङ्देनले नेपाल सुन तस्करको ट्रान्जिट पोइन्ट बनिरहेको तर्फ सचेत हुनु पर्ने पनि बताए ।
उनले भने ‘ के हो कुनै वाह्य दवाव र कसैलाई देखाउनको लागि मात्र यो १ ट्रिप सुन पक्रने काम भएको हो । हामीलाई आएको सूचना अनुसार यो आकस्मिक रुपमा पक्रिएको अथावा सरकारले आकस्मिक पक्रेको हो । नेपाल सुन तस्करको ट्रान्जिट पोइन्ट बनिराखेको छ । केही भरियालाई पक्रेर सुन तस्करका नाइकेहरुलाई संरक्षण दिने जोगाउने र हामीले यति त ग¥यौं नी भन्ने काम नगरोस । ’