उत्पादनको नेतृत्व निजि क्षेत्रले नै गर्नु पर्छ, सरकारले व्यवस्थापन गर्छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, उत्पादनको क्षेत्रको नेतृत्व निजी क्षेत्रले नै गर्नु पर्ने बताएका छन् ।
काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड बितरण कार्यक्रममा बोल्दै उनले सरकारले अत्यावश्यक क्षेत्रलाई ध्यान दिने तर अन्य क्षेत्रमा निजि क्षेत्रले नेतृत्व लिनु पर्ने बताए । ‘सरकारको उपस्थिति न्यूनतम हुने । जहाँ नभई हुदैन् त्यहाँ मात्रै सरकार हुन्छ । जहाँ आफ्नो उपस्थित हुनै पर्छ त्यहाँमात्रै हुने । होइने भने आम नागरिकको क्षमता छ योग्यता र सम्भावना छ त्यसको भरपुर प्रयोग गर्न दिने त्यो काम गर्न दिने मलाई त्यस्तो लाग्छ । ’ उनले भने ‘उत्पादनको नेतृत्व निजि क्षेत्रले गर्ने, वितरणको नेतृत्व सरकारले गर्ने । ’
सरकार निजि क्षेत्रको उत्पादनलाई एक तहको सुरक्षा दिने सरकारी नीति रहेको उनको भनाई छ । ‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्ट उत्पादन गरोस् सरकारले वितरण गर्नेछ । जवाफदेहिता र पारदर्शिता लागि यो संस्थाको भूमिका महत्वपूर्ण छ, सरकारलगायत हरेक संघसंस्थामा जवाफदेहिता र पारदर्शिता अनिवार्य आवश्यकता हो ।’ उनले भने ।
आगामी दिनमा चार्टर्ड एकाउन्टेन्टको लोकप्रियता अझ बढ्दै जाने मन्त्री डा. महतको भनाइ थियो । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुहुदै मन्त्री डा. महतले भन्नुभयो, ‘नयाँ कार्यसमितिले संस्थालाई अझ एक स्टेप लैजानु हुनेछ भन्ने मलाई विश्वास छ । पुरस्कृत विभिन्न संघसंस्था पनि हार्दिक बधाई दिन चाहन्छु ।
कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘लेखा राख्ने विषय जवाफदेही, कानुन र पारदर्शितासँग जोडिएको विषय हो । यी सबै कुरा लोकतन्त्रसँग जोडिएको विषय हो । जुन देशमा लोकतन्त्र हुन्छ, त्यहाँ पारदर्शिता र जवाफदेही जरुरी हुन्छ । पारदर्शिता र जवाफदेहिता हरेक संस्थामा सुनिश्चिता हुनुपर्छ । यसको सुनिश्चिता गर्ने काम चार्टर्ड एकाउन्टेन्टको हो । चार्टर्ड एकाउन्टेन्टले हरेक जिम्मेवारी पूरा गरिरहनु भएको छ ।’ चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने हबको रुपमा नेपाललाई विकास गर्न सकिने मन्त्री डा. महतको भनाई छ ।