कांग्रेस केन्द्रीय सदस्य देवकोटाको प्रश्न : सरकार परिवर्तन हुने चर्चा हल्ला हो या यथार्थ ?
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सरकार फेरिने हल्ला आफुले सुनेको भन्दै कौतुहलता व्यक्त गरेकी छिन् ।
बुधबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उनले वर्तमान सरकार परिवर्तन हुने भएको भन्दै चिन्ता व्यक्त गरिन ।
उनले भनिन ‘ लाइभमा भन्न हुन्थ्यो/हुन्थेन, थाहा छैन । तर व्यापक रुपमा सरकार फेरिने हल्ला पनि बजारमा छ । खेल सामान्य छैन । कि नेपाली कांग्रेस सकाउने कि माओवादी सकाउने खेल छ । भ्रष्टाचारीलाई कारबाही गरेको कारणले माओवादीले कांग्रेसलाई छोड्नसक्ने चर्चा बजारमा रहेको छ । सभापति व्यक्ति होइन, संस्था हो । सभापतिलाई गाली गर्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ । ’
सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने र यसलाई कमजोर बनाउने छुट कसैलाई पनि नभएको उनको तर्क छ ।
केन्द्रीय सदस्य देवकोटाले पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति भएकाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउँन माग समेत समेत गरिन् ।