कुर्थादेखि भंगाहसम्म रेल सञ्चालनमा
काठमाडौं । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा सञ्चालनमा आएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुरको भंगाहा पुगेर जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर सेवा सुरु भएको घोषणा गरेका हुन् ।
मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि भंगहा स्टेशनबाट जयनगरका लागि रेल गुडेको हो।
यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको छ । आजदेखि थप १७ किलोमिटरमा रेल सेवा सञ्चालनमा आएको मन्त्री ज्वालाले बताए ।
यो संगै महोत्तरीको भंगहादेखि जनकपुरहुँदै जयनगरसम्मको ५२ किलोमिटर ट्याकमा रेल सेवा विस्तारित भएको छ ।
कुर्था– भंगाहा रेल्वे बनाउन भारत सरकारको आर्थिक सहयोगमा भारतीय कम्पनी इरकनले १७ किलोमिटर रेल्वे ट्याक विस्तार गरी १८ जेठमा नेपाल रेल्बे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।