गाँजाको व्यवसायी उत्पादनबारे अध्ययन सम्पन्न भएको छ : कानुन मन्त्री गुरुङ
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले, गाँजा उत्पादनबारे अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले गाँजा खेतीको सम्भावना र निकासी पैठारीबारे ठोस अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
उनले भने ‘गाँजा जन्य पदार्थको उत्पादन, बिक्री वितरण निकास पैठारी, ओसार पसार भण्डारण तथा उपयोग गर्ने व्यवस्था गर्ने र सोबाट समाजमा पर्न गएको सकारात्मक तथा नकारात्मक असर तथा अन्तर्राष्ट्रिय अभ्यास समेतको आधारमा नेपाल कानुनको आयोगबाट अध्ययन प्रतिवेदन तयार भई आवश्यक कारबाहीको लागि प्रतिवेदन गृह मन्त्रालयमा पठाइसकेको छ । ’
उनले विभिन्न अदालतमा रिक्त न्यायधिश पदपूर्तिको लागि आवश्यक पहल भइहरेको बताए ।
छिटो छरितो न्याय सम्पादनको लागि मुद्दा व्यवस्थापनको अतिरिक्त कार्यविधि कानुनमा सुधार हुनुपर्ने उनको भनाई छ।