प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले बजेटबारे जवाफ दिने
आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ ।
बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।
आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ ।
अर्थमन्त्री महतले जेठ १५ गते संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका थिए ।