केहि कम्युनिष्टहरु काँंग्रेसकोविरुद्धमा अरुको मतियार बनेका छन् : बद्रि पाण्डे
काठमाडौं । नेपाली कांँग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले कांँग्रेसले नेपालको राजनीतिको शीर उच्च बनाउने काम गरेको दाबी गरेका छन् ।
शनिवार नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री पाण्डेले ७ सालको क्रान्तिदेखि नै प्रत्येक परिवर्तनको अगुवाई कांँग्रेसले गरेको बताए । पार्टीले मन खुम्च्याउनु पर्ने, शीर निहुराउनु पर्ने कुनै कमजोरी नगरेको पनि उनको भनाइ थियो ।
उनले भने,‘नेपाली कांँग्रेसले नेपालको राजनीतिमा मन खुम्च्याउनु पने, शीर निहुराउनु पर्ने कुनै खालको कमजोरी गरेको छैन् । ०७ सालको क्रान्तिदेखि प्रत्येक परिवर्तनको अगुवाई नेकाले गरेको छ ईतिहासलाई केलाएर हेर्ने हो भने हाम्रो पार्टीले सबै परिवर्तनको नेतृत्व गरेको छ ।’
सहमहामन्त्री पाण्डेले केहि कम्युनिष्टहरु कांँग्रेसको विरुद्धमा अरुको मतियार बनेको टिप्पणी गरे ।