निर्वाचन आयोगै खारेज गरौं, बत्ती निभाउन पनि परेन, चपाउन पनि परेन : एमाले सांसद बास्कोटा

काठमाडौं । सांसद गोकुल बास्कोटाले, निर्वाचन आयोग नै खारेज गर्न सरकारलाई चुनौती दिएका छन् ।
आगामी वर्षको बजेटमाथि संसदमा जारी छलफलमा भाग लिदैँ उनले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयप्रति चर्को आक्रोश पोखे ।
‘मतदातामा नाम पनि आफै थप्ने । मतदान केन्द्र पनि आफै तोक्ने । निर्वाचन आयोगै पनि खारेज गरे हुन्छ अब किन भने वक्ति निभाउन पनि झन्झट परेन क्या पुलिस लगाउँदै भयो नि त सत्तापक्षलाई, चपाउन पनि परेन ।’ उनले भने ‘अनि लोकतन्त्रको दुवाई । सुशासनको दुवाई । यो खालको कुरा गरेर हिड्नु भएको छ ।’
अधिकासं विकासका काम केपी ओली नेतृत्वको सरकारमा भएका दाबी गर्दै बास्कोटाले अहिलेको बजेटले आम नागरिकलाई निरासा थपेको जिकिर गरे ।
‘त्यही सरकारले अगाडि सारेका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विदेश सम्बन्धका सम्पूर्ण कुरालाई बजेटमा समेटेर आउनुस् र त्यसलाई समृद्ध बनाउनुस् न हामी दुई हातले ताली ढोक्छौं, नाचौंला पनि हामी कुनै चेत नभएको विपक्षीजस्तो होइन ।’ उनले भने ।
बजेट निर्माणको बेलामा अहिले मुसो नपसेपनि कागज गडबढ गर्नका लागि पहिलाकै मान्छेले अहिले पनि राखेको उनको भनाई छ ।