जनताद्वारा उत्पादित वस्तुको करमा कटौती आवश्यक : सांसद कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले जनताद्धारा उत्पादित वस्तुको करमा कटौती गर्न आवश्यक रहेको बताएकी छिन् ।
सोमवार काठमाडौंमा विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले जनतालाई वैकल्पिक उत्पादनतर्फ लाग्नको लागि करमा कटौती गर्न आवश्यक रहेको बताएकी हुन् ।
उनले भनिन्,‘ जुसलगायतका घरेलु उत्पादनहरु जनताले उत्पादन गर्न सकुन र वैकल्पिक उत्पादनतर्फ लाग्नलाई प्रोत्साहन गर्न करमा पनि उत्प्रेरणापूर्ण कटौती गर्न सक्छौं, यो नीतिगत तहबाट आएको हो । यसमा निश्चित रूपमा काम हुनेछ ।’
उनले समुदायलाई प्लाष्टिक उत्पादनको प्रयोगबारे सचेत गराउनु पर्ने बताईन् । बहुउपयोगी प्लास्टिक उत्पादनलाई प्रोत्साहन गरी एकल प्रयोग हुने प्लाष्टिकलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ ।