नेपाली समाजमा गलत संस्कृति हावी हुन थाल्यो : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपाली समाजमा गलत संस्कृति हावी हुन थालेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित गोरखा सांस्कृतिक समाजको आठौं साधारणसभा तथा चौथो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विकृत व्यक्तिवादको संस्कृति,उपभोक्तावादको संस्कृति ,स्वार्थको संस्कृति र साथसाथै भ्रष्टाचारको संस्कृतिले समाजलाई विथोलेको बताए ।
‘एकातिर हाम्रो परम्परका र मौलिक संस्कृतिक पहिचान छ त्यसप्रति हामी गर्व गर्छौ । त्यसको रक्षाको लागि हामी आफुलाई दृढ अठोटका साथ अघि बढाउँछौं भने अर्को तर्फ नेपाली समाजमा विश्वका अरु समाजमा जस्तै गलत संस्कृतिले प्रभाव पार्न खोज्दै छ । त्यो अत्यन्तै विकृत व्यक्तिवादको संस्कृति ,उपभोक्तावादको संस्कृति ,स्वार्थको संस्कृति र साथसाथै भ्रष्टचारको संस्कृति रहेको छ ।
हामीले राम्रो समाज निमार्ण गर्ने हो भने कलाकार साथीहरुले अझ बढी भूमिका निर्वाह गर्नु पर्छ यो व्यक्तिवादी स्वार्थ विकृत संस्कृतिको विरुद्ध भ्रष्टचारयुक्त संस्कृतिकोविरुद्ध स्वच्छ संस्कृतिको पक्षमा आवाज बुलन्द गर्नुपर्छ ।’
गृहमन्त्री श्रेष्ठले समाजलाई सुधार्न स्वार्थी, भ्रष्टाचारी र विकृत संस्कृतिकोविरुद्ध आवाज बुलन्द गर्न आवश्यक भएको बताए ।