‘गिभ इन मे’ अभियानमा एआरयु दोस्रो, जित्यो आठ हजार अमेरिकी डलर पुरस्कार
पेन्सिलभेनिया,अमेरिका / ‘गिभ इन मे’ अभियानमा एशियन रिफ्युजी युनाइटेड (एआरयु) दोस्रो भएको छ।
अभियानको अन्तिम दिन बुधवार (मे ३१) राति सम्म दुई सय ८५ जना दाता सहित एआरयु दोस्रो भएको हो।
यो अभियानमा एआरयुले चार हजार पाँच सय डलर पनि चन्दा संकलन गरेको छ। अब एआरयुले चन्दा रकममा पुरस्कार वापतको रकम जोडेर १२ हजार पाँच सय अमेरिकी डलर पाउने छ।
अभियानमा युनाइटेड कम्बोडियन कम्युनिट पहिलो भयो। उसले १२ हजार डलर पुरस्कार समेत पाउने छ। तोकिएको समय सीमा सम्म कम्बोडियनले चार सय ३१ दाताबाट सात हजार ६ सय ८७ अमेरिकी डलर संकलन गर्यो।
केएसीएसले सबै भन्दा धेरै १६ हजार पाँच सय ९० अमेरिकी डलर चन्दा संकलन गरे पनि उ तेस्रो भयो। किनकी केएससीएस सँग दुई सय १७ जना मात्र चन्दादाता थिए। रकम भन्दा पनि अभियानमा सहभागि व्यक्तिको संख्यालाई प्राथमिकता दिइएको थियो।
एशिया र प्यासिफिक आइल्यान्डर मुल अमेरिकामा क्रियाशिल गैरनाफामुलुक संस्थाहरु बीचमा ‘युनिक डोनर च्यालेञ्ज २०२३’ अन्तर्गत गिभ इन मे नाममा चन्दा अभियान शुरु गरिएको थियो। एआरयु रहेको टियर थ्रीमा ४५ संस्था अभियानमा सहभागि थिए।
मे महिना भरी संस्थालाई चन्दा दिनेहरुको संख्याको आधारमा विजेता र उप विजेता घोषित गरिएको हो। ‘गिभ इन मे’ क्याम्पिन एशियन अमेरिकन समुदायमा काम गर्नेहरुले मात्र भाग लिएका थिए।
एआरयुले प्राप्त गरेको रकम अगष्ट पाँच तारिक ह्यारिसबर्गमा हुने युथ समिटका लागि खर्च गर्ने छ।
युथ समिट युवाहरुका लागि अवसरको खोजि गर्ने थलो हुने एआरयुका अध्यक्ष रबिन गुरुङको भनाई छ। ‘युथहरुलाई प्याटफर्म उपलब्ध हो समिटको मुख्य उदेश्य, यसले उनीहरुमा नेटवर्क बढाउने छ।’ उनले भने।
यसै गरि युवाहरुलाई रिस्रोसको खोजी गर्ने, मेन्टलहेल्थका मुद्दामा काम गर्ने, अन्य आवस्यक विषयमा सल्लाहकारहरुको खोजि गर्ने काम पनि समिटले गर्ने छ।