भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास
काठमाडौं । नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैं नयाँ दिल्लीबाट शिलान्यास गरेका हुन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीले उक्त परियोजना निर्माणका लागि संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
भारतको सहयोगमा उक्त परियोजना निर्माण सम्पन्न हुनेछ । भारतीय नाका सुनौली र भैरहवा नाकाको व्यापारलाई उक्त व्यापार पूर्वाधारले सहयोग गर्ने छ ।