स्मोकिमन्टको यात्रा र भालुको त्रास : कमल खनाल


स्मोकिमन्टको “पहिलो दिन”
नर्थक्यारोलिना,अमेरिका/ मे १२ २०२३, म बिहानै ५.५८ मा उठे। स्मोकिमन्ट क्याम्पेनका लागि घरबाट ८.३४ मा यात्रा प्रारम्भ गरियो। स्मोकिमन्ट हामी बसेको ठाँउबाट पाँच घण्टाको बाटो थियो। आरामको सिलसिला बढाउने हो भने ६ घण्टा लाग्ने थियो। क्याम्पेन जाने भने पछि पकाउने,खाने र सुत्ने कुरामा फरक पन ल्याउने पनि हो। नयाँ बाताबरणसँग समायोजन हुने पनि हो। दुख,सुख र अभावसँगै सधैको दैनिकीमा फरकपन दिने नै हो। दैनिक उपयोग गर्ने कपडाको जोहो गरेर हिड्नु पर्नेथियो। सबै मिलाएर गाडीमा सामान राखियो। तीन दिन अगाडिदेखि सामान को बन्दोबस्त गरिएको थियो
कृष्टिना,समीप,सुसान्त र गोविन्दलाइ विज्ञता अनुसारको कामको जिम्मा लगाइएको थियो। अमेरिकाको क्याम्पेन ब्यबस्थापनको बारेमा र यस्को उदेश्यकाबारेमा जानकारी लिनका लागि म सहभागि हुन गइरहेको थिए । किन क्याम्पेनमा गइन्छ? क्याम्पेन जानुको उद्देश्य के हो? भन्ने बिषयमा जानकारी लिन पनि म क्यम्पेनमा जान उत्सुक भएकोथिए। घरबाट ८.३४ बजे बिहानको यात्राले मलाइ बडो रोमाञ्चित बनाएको थियो।
गोबिन्द थापा यो कार्यक्रमको मुख्य कोअर्डिनेटरथिए। उनलाइ कोलोराडो देखि नर्थक्यरोलिना सम्मको क्याम्पेनको प्रसस्त अनुभव भएकाले पनि यस पटकको समन्वय गर्ने जिम्मा पनि उनैलाइ सुम्पिएको थियो। उनैले गरे सबैसमन्वय। ३२ जनाको टोली थियो। पाँच घण्टाको गाडीको यात्रा थियो। मौसममा बडो उन्मादि थियो। सबैमा उत्साह थियो।
बिशेष गरि क्याम्पेन भने पछि ड्रिकं गर्ने मानिसहरूमा अझ बढीउत्साह हुने रहेछ। सामूहिक खाना खाने, ड्रिकं गर्ने, तास खेल्ने र घुम्ने बिषय मुख्य थिए। स्मोक मन्ट क्यामपेन यात्राका लागिगाडी स्पीड मेन्टेन गर्दै कुंदिरहेको थियो। गाडीमा म्यूजिक बजिरहेको थियो। नर्थक्यारोलिनाका सडकको सौन्दर्य नै सडकका दाँया बाँया हरिया जंगलहरू बीचमा काला लमतन्न परेका सडकहरू थिए। सडक भरि गाडीहरू गुडेका थिए। धेरै परक्षितिजसम्म देखिने समथल भूभागले मनलाइ आनन्दित बनाइरहेको थियो।
मेबेन,हाइपोइन्ट,ग्रीन्सब्रो हुदै सारलोटलाइ दाया पारेर गाडी रफ्तारमा कुदिरहेको थियो। एक अम्मली हाम्रो गाडीमा परेछन्। उनले खैनी लुकाएर खाएका थिए तर खैनीको गन्धले निदाएको मानिसलाइ समेत उठायो। खैनीको गन्ध निकै कडा थियो ।अम्मलीले खैनी त खाए तर खैनी सँगै गाली पनि खाए। उनलाइ गाली गर्दा गर्दै सार्लोट छुटेको थाहै भएन। हामीले सार्लोटलाइ धेरै पछाडि छोडिसकेछौ। बाटोमा पुलिस भएको थाहा पाए पछि सबै गाडिहरू ले स्पीड लेन छोडे स्पीड मेन्टेन गरे। राइट लेनमा लहरै गाडीको लाइन देखियो। घाम र बादल बीचको घुस्साघुस्सीमा रमाइरहेको थियो मौसम पनि। त्यही बिचमा म्याकडोयल काउन्टीको रेष्ट एरियामा गाडी रोकियो।
पाँच मिनटपछि गाडी पुन आफ्नै गतिमा फर्कियो। १० माइल अगाडी पुगेपछी चट्टानहरू देखिन थाले नेपालकै झल्को दिने घुमेका सडकहरू र पहाडका थुम्का थुम्कीहरूले नेपाललाइ सम्झायो। अमेरिकामा डाँडाकाँडाहरू पर्यटकीय स्थल बन्दा रहेछन। हाम्रापहाडहरू यसै खेर गएको जस्तो लाग्यो। हाम्रा पहाडी खोलानालाखोच र पहाडहरूको उपयोग गर्न सके मुलुकको सम्पन्नतालाइ कसैले रोक्न सक्दैन जस्तो लाग्यो । ब्ल्याक माउन्टको एक्जिट कटे पछि बाक्लो पानी पर्यो र परि नै रह्यो। मलाइ लाग्यो सडकले दिएको सुविधाले मुलुकको सर्बक्षेत्रको बिकासमा कति ठूलो टेवादिदो रहेछ भन्ने देखियो। नेपालका सडकहरूको स्तरबृद्धि गरेर सडकको सेवा राम्रो दिने हो भने नेपाल पुरै पर्यटकीय देश बन्नसक्छ यो मेरो निचोड थियो।
आज करोडौ अमेरिकनहरूले जीवन खोज्ने क्रममा देश छोडेका छन। कति जिउन खोज्नेहरू अमेरिका पसेका छन। कति अमेरिका छिर्न चाहनेहरू अमेरिकी बोडरहरूमा लाइन लागेका छन। नेपालले चाह्यो भने अमेरिकन लगायतका संसारका जीवन खोज्नेहरूलाइ जीवन दिन सक्छ। तर बिडम्बना हाम्रा नेपालीदाजुभाइ दिदी बहिनीहरू जिउन खोज्दै बिदेसिएका छन्।
मैले सडक यात्रालाइ जति अगाडी बडाउदै लगे त्यति नै नेपालको पुरै चित्र मेरो मनमा छापियो। हाम्रा सम्भावनाहरूलाइ हामीले पुरै बेवास्ता गरेका रहेछौ भन्ने लाग्यो। हामीले हाम्रो चेतनाको ढकनी खोलेर मुलुक प्रति सर्मपित हुन सक्यौ भने भोकमरी र द्धद्धग्रस्त कोरियालाइ “पार्क चुगं ही” ले, गरिबी र भोकमरीको सिगांपुरलाइ “ली क्वान यू ” ले संसारकै सम्पन्न देश मध्येको मुलुक बनाउन सक्ने क्षमता राख्न सक्छन भने हामी किन सक्दैनौ? मन मनै सोच्दै पहाडकोउकालो तिर लागियो। पानी परेर पुरै हुस्सु लागेको थियो गाडीको स्पीड १० मा झर्यो। बाटोमा टनेलको प्रयोग प्रसस्त भएको देखियो। छोटा लामा टनेलहरू बीच बीचमा आईनै रहे। अर्को लामो टनेल सँगसँगै गाडीले पुरै पहाडी यात्रा गरिरह्यो । बाटो घुमाउरो र पहाडै पहाड बीच गाडी अगाडी बडिरहेको थियो।
यति बेला घाम पानीको प्रतिस्पर्धा चलिरहेको थियो। पुलामी भाइले गाडीको हुटखोलेर भिडियो लिए। गाडी एकै चोटी ब्यालेटहुट स्कार भियूमा गएर रोकियो। मौसम चिसो थियो, हुस्सु लागेर पुरै सडक ढाकिएको थियो। ओरालो बाटो गाडी आफै दौड्न खोज्दै थियो। गाडीलाइ नियन्त्रण गरेर अगाडि बढाउने काम समीपले गरेका थिए। माथि अग्लो भागबाट तल फेदी को समथर भू स्थलमा पुगियो। एकाएक ड्राइभ सोलो भनेर लेखिएको प्लेकार्ड लिएर सुरक्षाकर्मी दुवैतर्फ उभिएका थिए।
हाम्रो गाडीको स्पीड एकाएक पाँचमा पुग्यो र गाडी रोकियो। दाँया तर्फको समथल घाँसे मैदानमा नीलगाइहरू चरिरहेका रहेछन। नील गाइहरूले सडक वारपार गर्दा गाडीबाट हुन सक्ने क्षेतिलाइ रोक्न सुरक्षाकर्मी खटिएका रहेछन। पहिलो पटक प्रतक्ष्य नीलगाइ देखियो जंगलको छेउको घासे मैदानमा। हाम्रो कार्यक्रम क्षेत्रलाइ हेर्दाहेर्दै त्यसैको बाया तर्फबाटगंगा बगिरहेकी देखियो। सुन्दर र शान्त देखिने गंगाले जंगलको बीच भागबाट हामीलाइ काउकुति लगाउदैतल तल गइरहेकी थिइन। हामीले उनलाइ स्पर्स गर्न पाएनौ हेरेको हेरै भयौ।
गंगाका हरेक क्षणका फरक फरक आवाजहरू म्यूजिक जस्तै लाग्ने रहेछ। गंगाले रात भर मधुर आवाज दिइनै रह्यो। मलाइ भने यो रात निद्रा परेन। मौसमले रात भरी चिसो छरिरहेको थियो। चिसो छेक्न सक्ने मेरो क्षमता ह्रास भैरेको थियो। यो रात मेरा लागि निक्कै लामो भयो। रातले मलाइ जिस्क्याइरहेको थियो। म रात सँग रिसाइरहेको थिए। रातले मलाई कत्ति पनि आनन्द दिन सकेन।
हाम्रो क्याम्पेन एरियामा राती ठूलो आवाज आयो। यस क्षेत्रमा कालो जंगली भालुको धेरै ठूलो त्रासहुने रहेछ। धेरै पटक कालो भालुले तर्साएको रहेछ। जंगल भित्रका समथर घाँसे मैदानहरूमा साना ठूलाटेन्टहरू लगाइएका थिए। क्यामपेनमा पकाइएका खानाको गन्धले भालुलाइ आकर्षण गर्ने गरेको रहेछ।
भालु आउने भएकोले रेष्टरूममा नै भालुको तस्वीर सहित सुचना राखिएको रहेछ। भालु देखेमा ५० याडको दुरी कायम गर्नु भनिएको थियो। समग्रमा स्मोकी मन्ट भालुको प्रकोप क्षेत्र रहेछ। साना ठूला शहरहरूमा पनि भालुका मूर्तिहरू बनाएर राखिएका देखिन्थ्ये। क्याम्पेन एरियामा रेन्जरहरूको इन्स्पेक्सन भइनै रहने रहेछ। तोकिएको मापदण्डमा रहेर रमाउन पाइने रहेछ। नत्र जरिवाना समेतको ब्यबस्था समेत रहेछ। सिमसिमपानी परिरहेकोले जाडो थियो। चिसो रातले सबैलाइ जिस्क्याइ रहेको थियो।
स्मोकि मन्ट क्याम्पेनको “दोस्रो दिन”
रातभर निद्रा नलागेर उज्यालो खोजिरहेको थिए। उज्यालोले पनि मलाइ दुख दिएकै हो। चाडै उज्यालो भइदिएको भए मलाइ धेरै दुखको अनुभव हुन्थेन। उज्यालो भयो म टेन्टबाट बाहिर निस्के। रेष्टरूममा गए । रेष्टरूमले दिने सेवा त्यति राम्रो थिएन। बत्ती थिएन मोवाइलको नेटले टिप्थेन।
रमाइलोका लागि आएको तर रमाइलो हामीबाट भागिरहेको भान हुन्थ्यो। जे होस रमाइलोलाइ मयूर छोप्न खोजे जस्तै गरेर छोप्न खोज्दा भूर्र भूर्र गरे जसरी रमाइलो भागिरेको थियो। ब्रेकफास्ट भयो। म परे भेज खानेवाला, ब्रेकफास्टमा मैले तीनवटा अन्डा,एउटा स्याउ,एउटा केरा, एउटा आरू र थोरै काजु खाए, साथमा थियो चिया। सबैले ब्रेकफास्ट लिए। ब्रेकफास्ट पछि मैले हिजो बेलुकाको बासी भातलाई सांजी बनाउन पर्रपरि भुटेर फ्राइड राइसको अबस्थामा पुर्याए । सबैले मिठो मानेर खाए।
नुहाउने ब्यबस्था कहि कतै थिएन क्याम्पेन एरियामा। बगिरहेको गंगाको जल हिउ बराबर चिसो थियो।मलाइ दैनिक नुहाउनु पर्ने बानी परेकोले गंगाको चिजो जलमा पुरै शरीर डुवाएर स्नान गरे। त्यस पछि खानाखाए। आजको खाना फाइभ स्टार को लयमा पकाएछन। खाना मीठो थियो। खाना पछि ६६४३ फिट अग्लोक्लिगंसम्यान डोम का लागि यात्रा गरियो।
गाडीले क्लिगंसम्यान डोम पुग्नु अगाबै ८०० मिटरको दुरी बाँकी भएको स्थानमा छोडिदियो जुन दुरी पार गर्न ३० मिनटको उकालो हिड्नु पर्थ्यो। ८०० मिटरको दुरी पार गरेरक्लिगंसम्यान डोम पुगियो। बडो मनमोहक दृश्य लाग्यो म नेपालको भेडेटारमा छुजस्तै लाग्यो । चिसो त्यतिनै थियो। कुइरोलाग्ने भएकोले मौसम हेरेर जानु पर्ने रहेछ। लाग्यो हेर्न छुटाउनै नहुने ठाँउमा पुगेकोरहेछु।
आधा घण्टाको पहाड चढाइ पछि हामी ओर्लियौ स्मोकिमन्ट क्याम्पेन ग्राउण्डमा। बाटोमा पर्ने मिगंसमिल जुन १८८६ मा बनेको रहेछ। जहाँ माउन्टटेन एरियामा बस्ने मानिसहरूलाइ लक्षित गरि बनाइएको मकै र गहूँ जस्ता अन्न पिध्ने मील रहेछ। स्नोकी माउन्टको चर्चित हिस्टोरिकल मिल रहेछ। मिगंस मील हेरेर फर्केपछि क्याम्पमा आइपुग्दा सेलरोटी पाकिरहेको रहेछ। अचार पनि तयार रहेछ। सेलरोटी खाएर फन प्रोग्राममा सहभागी भए। त्यो रात को मेरो सुताइ सेल रोटीसँग भयो। बेलुकाको खाना पछि दोस्रो दिनको कार्यक्रमलाइ बीट मारियो।
स्मोकि मन्टको क्याम्पेन”तेस्रो दिन”
वितेको रात मिठो निन्द्रा पर्यो। अगिल्लो रातको निद्रा पनि खप्टिएर आयो कि जस्तो लाग्यो। स्मोकरिभरको सुसाइले लाग्थ्यो रातभर झम झम पानि परिरहेको थियो। स्मोक रिभरले दिइरहेको आवाज अनुभूति जन्य थियो। म पटक पटक झुक्किएको थिए। रातमा उठेर हेरेको थिए।
टेन्ट भित्र सुतिरहेको थिए। रिभरको एक तमासको आवाज सुनिरहेको थिए। बर्षा मासको झरिले दिने आवाज जस्तै सुसाउने क्षमता राख्दो रहेछ स्मोक रिभरले। मैले गर्ने अनुभूति र रिभरले दिने आवाज बीचको सम्बन्ध बेजोड थियो। बिहानै उठेर कराउने चराहरूको बिभिन्न फरक फरक आवाजले मलाइ आन्नद दिइरहेको थियो। बिहानीको वाताबरण असाध्यै पुलकित भइरहेको थियो ।
एकै चोटी पाँच सातवटा आवाजमा मनका कुरा पोखिरहेका पंक्षीहरू वरिपरिका सबै रूखहरूमा बसेर कराइ रहेका थिए। झगडा गरिरहेका हुन कि भन्ने अनुभूतिले बिहानीलाई बडो रमाइलो बनाइरहेको थियो। रूखबाट पनि छु्टै आवाज आइरहेको छ कि जस्तो लाग्थ्यो। रूखहरू हल्ली रहेका थिए । एकआपसमा ठोक्किएर आवाज आइरहेको जस्तो लाग्ने समय तर ती सबै स्मोक रिभरले दिएको अभिभाज्य अनुभूति मात्र थियो।यी सबै प्रकृति संगकोसामिप्यताले उपलब्ध गराएको आनन्द मात्र थियो।
सबेरै उठियो ब्रेक फास्ट गरियो। आज क्यामपेनको अन्तिम दिन सबैले आ आफ्नो टेन्ट निकाल्न लागे। प्याकिङ्ग गरे ,सबैले हिड्ने तयारी गरे सामान सुरक्षित गरे। सबैको तयारी पुरा भयो। दुइवटा गिफ्ट भाउचर बाँकी रहेछ। त्यसलाइ पनि चिठ्ठा मार्फत बितरण गरियो। रमाइलो भयो।
दुइ भाग्यमानी शिशिर र बिरूलेआफ्नो भाग्यलाइ उम्कनै दिएनन्। त्यस पछि सामूहिक फोटो सेसन शुरू भयो र समाप्त भयो। ९.४० माहामीले स्मोक मन्ट क्यामपेन छोडियो हाम्रो मुख्य कोअर्डिनेटर थिए गोविन्द। उनकै नेतृत्वमा क्लिगंसम्यानडोम जाने बाटो हुदै क्याटलिगंबर्ग तिर लागियो। केहि मिनट को ड्राइभ पछि क्लिगंसम्यान डोमलाइ बाँया छोडेर अगाडि बढियो। बाटो घुम्ति भएकोले स्पीड कम थियो। जंगलै जंगल बीचका सडकहरू बीच बीच माटनेलहरू पार गर्दै क्याटलिगंबर्ग पुगियो। गाडी पार्क गरियो।
यो टेनेसी राज्यको एउटा महत्वर्पूण रिक्क्रेसनल सेन्टर रहेछ। हजारौ हजार मानिसहरू पुग्दा रहेछन त्यहाँ । राज्य सरकारको राम्रो आम्दानीको स्रोत रहेछ क्याटलिगंबर्ग । हामीसँग एरियल ट्रामको ३२ जनाका लागि टिकट थियो। अनलाइन किनिएको थियो। बूढाहरू ६० पार गरेकालाइ ३९ डलर र ५ बर्ष मुनिकालाइ फ्रीटिकट रहेछ। अन्यका लागि भने ४९ डलर रहेछ टिकटको मूल्य ।
एरियल ट्रामको टिकट लिएर ओबर माउन्टेन्टमा पुगे पछि थप २० डलर अपग्रेड गरियो भने रोलर कोष्टर,अलपाइन स्लाइडिगं ,चियर लिफ्टिगं,चियर सुइगं,रकवाल, वाइल्डलाइफ ह्याबिट्याट ,आइस बम्परकार,लगायतको आन्नद लिन सकिने रहेछ। क्याटलिगंबर्ग एरियल ट्राम स्टेसनबाट एरियल ट्राम चडियो।एरियल ट्राम केवलकार जस्तै नै हो रहेछ तर एरियल ट्राम ठूलो आकारको मिनीबस जस्तै रहेछ। १२० जनाअट्ने र ५/७ जना बस्न मिल्ने मात्र रहेछ। बाँकी सबैले उठेर यात्रा गरे।
केवलमा झुण्डाएर एरियल ट्रामले २६८२ फिट अग्लो ओवर माउन्टेन्टमा पुर्यायो। त्यहाँ पुग्न करीव ८ मिनट १३ सेकेन्ड लाग्ने रहेछ। ओबर माउन्टेन्टमा ठूलो रिक्क्रेसनल एरिया रहेछ। माउन्टेन ह्यारिसन ३८५५ र यतिजरन ३२०८ फिट अग्लो ठाँउमा रहेछ। माउन्टेन रोलरकोष्टर,अल्पाइन स्लाइड,चियर लिफ्ट ,इसेनिक लिफ्ट, ब्लुलिफ्ट जस्ता धेरै रिक्क्रेसनल आइटमहरू थिए। कतिपय एडभेण्चर थिए भने कतिपय प्लिजेन्ट थिए।एकदिन भरिको कार्यक्रम थियो त्यहाँ ।
चियरलिफ्टबाट माउन्ट ह्यारिसन पुगेपछि देखिने दृश्य मनै लोभ्याउनेकिसिमको थियो। ब्लुलिफ्बाट गएर अल्पाइन स्लाइड गर्न सकिने रहेछ भने चियर लिफ्टबाट माउन्टह्यारिसको त्यो अग्लो मैदानमा पुगिने रहेछ। ओबर माउन्टटेन्ट पुगे पछिको १८०० फिट माथि जंगल भित्र भित्रैअल्पाइन स्लाडिगं गर्न सकिने दुइवटा प्यारेलल स्लाइडहरू रहेछन्। रमाइलो दिन सक्ने ब्यबस्थापकियक्षमता अमेरिकनहरू सँग प्रसस्त देखिन्छ।
ओबर माउण्नटेन्टबाट फर्के पछि सबै आ आफ्नो बाटो लागे। भोकले धेरैलाइ काउकुती लगाइ रहेको थियो। क्याटलिगंबर्ग देखि करिव पाच माइल टाढाको दुरिमा रहेको इन्डियन रेष्टुरेन्टमा गएर खाना खाइयो। भोकर इन्डियन रेष्टुरेन्टको खानाको सम्बन्ध सुमधुर रह्यो बिषेश गरि नेपाल तिर हुर्के बडेकालाइ। दुइ तिन वटा छोटा र लामा टनेल पार गरेर हामी त्यहाँ पुगेका थियौ। पहाडी क्षेत्र भएर पनि होला टनेलहरू आबश्कताका आधारमा लामा छोटा टनेलहरू निर्माण गरिएका रहेछन। मलाइ लागि रह्यो हाम्रा पहाडहरू अलपत्र छन।
संगत पाएका छैनन् हाम्रा पहाडहरूले यतिकै पनि आनन्द दिन सक्छन ब्यबसायिक हिसावले जाने र गर्ने हो भने अमेरिकाले दिने आनन्द भन्दा कैयौ गुना बढी सुन्दरता र सुरम्यता दिन सक्छ नेपाली भूभागले। हाम्रापहाडहरू छनौट गरेर घुम्ने र घुमाउने क्षेत्र तयार गर्न सक्ने हो भने नेपाललाइ एक मात्र सुन्दर देश बनाउन सकिने थियो ।
भारतीय,चिनिया र अमेरिकनहरूलाइ घुमाउने उद्देश्य सहितका सुविधा सम्पन्न क्षेत्र निर्माण गर्न सकियो भने नेपालले काचुली फेर्न सक्ने देखिन्छ। अहिले नेपालमा केवलकारको बिजिनेस राम्रो चलेको छ। तर त्यसैलाइ जोडेर अन्य सुबिधा सम्पन्न भौतिक उपयोगका स्थानहरूमा डिजिटलाइज यन्त्रजडित बिकास गर्नसकियो भने कस्तो हुन्थ्यो होला एक छिन कल्पना गरौ त के यी गर्नै नसकिने बिषय हुन ?
हाम्रो जलविधुतको सम्भानवना र उत्पादनमा बृद्धि भइरहेको समयमा यस तर्फ किन ध्यान केन्द्रित नगर्ने? संसारका मानिसहरू आज चलाएमान छन। विज्ञानले समय र दुरी दुवै घटाएको छ। कोहि जीवन खोज्न चलायमान छन कोहि जिउन खोज्दै चलाएमान भइरहेका छन। जीनव खोज्नेलाइ देखाउने र जिउन खोज्नेलाइ काममा लगाउने हो भने के के हुन्छ एक छिन कल्पना गर्नोस त।
तर ब्यबस्थापकिय दक्षता र इमानदारिता भने पहिलो सर्तकारूपमा देखिन्छ। जुन दक्षता र क्षमता को प्रतिबिम्व जहाँ मैले देखे। तिनदिन सम्मको बिभिन्न प्रकारका खानार कार्यक्रमले दिएको आन्नद रेष्टुरेन्टको खानाले दिन सक्ने कुरै भएन।तर पनि दिनभरको भोकले रेष्टुरेन्टको खानालाइ स्वीकारेको थियो। खाना खाइयो र सबैले आ आफ्नो बासस्थान तर्फको यात्रा तय गरियो। यसरी तीनदिने ब्यस्त स्मोकीमन्ट क्यामपेन यात्रा सम्पन्न भयो।
र यो पनि…
‘हङ्गकङ्ग एयरपोर्टबाट झण्डै कोरिया फिर्ता भइन’ : कमल खनाल