नागरिकता विधेयकप्रति रविको आक्रोश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले पुरानै नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण हुनु राष्ट्रहितविरूद्ध भएको भन्दै आक्रोश पोखेका छन् ।
बुधवार राष्ट्रपति पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उनले सामाजिक संजालमा संसदमा छलफल नगराई विधेयक ल्याइनु लोकतन्त्र र संसदीय मूल्य मान्यता विरुद्धको कार्य भनेका छन् ।
फेसबुकमा उनले लेखेका छन् ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’