प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज(आइतवार) संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भनिएको छ ।
बैठकमा प्रतिनिधि सभाका सदस्य तथा संयुक्त समिति नियमावली मस्यौदा समितिको सभापति धु्रबबहादुर प्रधानले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति(कार्यसञ्चालन) नियमावली ०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन प्रस्ताव पेश गर्नेछ । प्रतिवेदनमा दफावार छलफल हुनेछ । प्रतिवेदनमा प्राप्त संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार दफावार छलफलपछि प्रस्तुव प्रस्ताव पारितका लागि पेश हुनेछ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा भनिएको छ,‘संघीय संसदको बैठक र संयुक्त समिति(कार्यसञ्चालन) नियमावली ०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुनेछ ।’