नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।
आज शुक्रबार बसेको मन्त्रिपरिषद् बसेको बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले दुवै संसद्ले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शितल निवास पठाउने निर्णय गरेको हो ।
नेपालको संविधान २०७२ को धारा १४ मा एनआरएनका हकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउनेगरी ‘गैरआवासीय नेपाली नागरिकता’ पाउने उल्लेख छ। यद्यपि एनआरएनहरुले पूर्ण दोहोरो नागरिकताको अपेक्षा गरिरहेका छन् ।
त्यसका लागि पहल गर्दै अहिले संविधानबाट प्राप्त अधिकारको संरक्षण र कार्यान्वयन लागि आफूहरु सक्रिय रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले बताउँदै आएका छन् ।
यसअघिको संसदबाट २ पटक पारित भएको उक्त विधयेक तत्कालिन राष्ट्रपतिले अड्काएकी थिइन् ।
वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकका विषयमा कानुनविद्हरुसँग छलफल गर्दै आएका पनि थिए ।
यसबीचमा सरकारले नै फेरि पारितका लागि निर्णय गरेर पठाएको हो ।