कांग्रेस पार्टी समाप्त हुँदैन : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले व्यक्ति समाप्त भएता पनि पार्टी कहिल्यैं समाप्त नहुने दाबी गरेका छन् ।
बुधवार नेपाल साँस्कृतिक संघको १८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता कोइरालाले कांग्रेसलाई सक्यो भनेर कांग्रेसकै केन्द्रीय सदस्यहरुले लेख्न थालेको भन्दै यस्तो बताएका हुन् ।
उनले भने‘नेपाली कांग्रेस खत्तम भयो भनेर नेपाली कांग्रेसकै केन्द्रीय सदस्यहरुले भन्दैछन्,महासमिति सदस्यहरुले भन्दैछन् । महाधिवेशन प्रतिनिधिहरुले भन्दैछन्,व्यक्ति समाप्त होला । कांग्रेस समाप्त हुँदैन त्यो हामीले बुझ्न जरुरी छ ।
व्यक्तिले गल्ती गर्न सक्ला कांग्रेसले गल्ती गर्दैन। बाटो बिराउँदा पुरानै बाटोमा फर्क भन्ने छ । जनतासँग धेरै टाढा भएर काठमाडौंमा रमाईरहेका छौं । जनतासँग जोडिनुपर्छ, ’हामी काठमाडौंमा रमाइरहेका छौ। तलका जनताहरुले के सोच्छन् हाम्रो बारेमा हामीले फिडब्याक लिन जरुरी छ जनतासँग।’
नेता कोइरालाले सामाजिक सञ्जालमा नेपाली कांग्रेसको लागि सकारात्मक लेख्ने कोही नभएको गुनासो समेत गरे ।